सुरक्षा संवेदनशीलताको दृष्टिले रामेछाप ‘शान्त’ जिल्ला हो, मेरो बसाई सुखद रह्यो– गिरी

| जेठ ५, २०८१ शनिबार

रञ्जन गिरी ।
A A A
A A A

५ जेठ, रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापमा करिब २० महिना अगाडि आएका प्रहरी निरीक्षक (इन्स्पेक्टर) रञ्जन गिरीको सरुवा भएको छ । यहाँ झण्डै दुई वर्ष कार्यरत रहेका इन्स्पेक्टर गिरी जिल्लाको भौगोलिक वातावरण, सामाजिक हरेक क्षेत्रलाई नजिकबाट नियालेर वास्तविकता बुझेका गिरीको गत वैशाख १६ गते सरुवा भई नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभाग तानिएपछि शुक्रवार यहाँबाट बिदाइ भएका हुन् । 

 

जिल्ला प्रहरी कार्यालय रामेछापको लामो समय प्रवक्ता एवं सूचना अधिकारीको जिम्मेवार सफलता पूर्वक निर्वाह गरेका गिरीले समग्रमा रामेछाप जिल्ला शान्त र सुन्दर जिल्ला भएको बताए । 

 

जिप्रका रामेछापबाट बिदाइ अगाडि रामेछाप टाइम्ससंग कुराकानी गर्दै इन्स्पेक्टर गिरीले सुरक्षा संवेदनशिताको हिसाबले रामेछाप शान्त रहेको बताए । छिट्फूट पछिल्लो समय चोरी, लुटपाट, कुटपिट, मापासे सेवन पछिका घटनाहरू तुलनात्मक रूपमा बढी रहेको उल्लेख गर्दै भने ‘अन्य जिल्ला भन्दा निकै सहज र शान्ता छ ।’

 

आफ्नो लामो समयको बसाई स्मरण गर्दै रामेछापको शान्ति सुरक्षाको लागि आफूले आगामी दिनमा पनि भूमिका खेल्ने प्रतिबद्धता जनाए । 

 

हाल (जिप्रका) रामेछापमा इलाका प्रहरी कार्यालय धोबी (लिखु तामाकोशी) कार्यरत रहेका एक जना र खाँडादेवी गाउँपालिका स्थित प्रहरी चौकी चोप्राङ कार्यरत इन्स्पेक्टरहरू डिएसपी प्रदीप कुमार सिंहको नेतृत्वमा रहेका छन् । 

 

रामेछापको लागि सरुवा भएका प्रहरी निरीक्षकहरू यहाँ आउन केही समय लाग्ने बुझिएको छ ।