सुनापति गाउँपालिकाले माग्यो आगामी बजेटमाथि राय सुझाव

| जेठ १, २०८१ मंगलबार

A A A
A A A

१ जेठ, रामेछाप । सुनापति गाउँपालिको पनि आगामी बजेटमा राय सुझाव मागेको छ । 

 

मंगलबार एक सूचना जारी गर्दै प्रमुख प्रशासकीय अधिकृत दिलकृष्ण श्रेष्ठले आर्थिक वर्ष २०८१ ०८२ का लागि वार्षिक नीति, बजेट तथा कार्यक्रममा समावेश गर्नुपर्ने विषयहरूमा यही जेठको १२ गते राय तथा सुझाव उपलब्ध गराउन आग्रह गरेका हुन् । 

 

गत वैशाख ३० गते पालिकाले चालु आर्थिक वर्षको हाल सम्म प्रवाह गरेका सेवा प्रवाहको बारेमा सार्वजनिक सुनुवाइ गर्दै जानकारी गराइसकेको यो पालिकाले जेठको ३१ गते आगामी बजेट ल्याउने तयारी गरिरहेको छ । 

 

आठ वटा स्थानीय तह रहेको रामेछापमा यस अगाडि रामेछाप नगरपालिकाले बजेट माथि राय सुझाव मागी सकेको थियो ।