रामेछापको फर्पुबाट आफूखुसी घर छोडेर हिँडेका दुई बालकलाई प्रहरीले आफन्तको जिम्मा लगायो

| जेठ २, २०८१ बुधबार

A A A
A A A

०२ जेठ,रामेछाप । फर्पुबाट आफू खुसी घर छोडेर हिँडेका दुई बालकलाई रामेछाप प्रहरीले फेला पारी परिवारको जिम्मा लगाएको छ । 

 

बुधवार बिहान गोकुलगंगा गाउँपालिका वडा नं ६ का तीर्थबहादुर तामाङका १३ वर्षीय छोरा आकाश  तामाङ र सोही ठाउँका सोमे तामाङको १४ वर्षीय छोरा राजकुमार तामाङ बेपत्ता भएपछि प्रहरीलाई खोजी गर्न परिवारले आग्रह गरेका थिए । 

 

 

लगत्तै जिल्ला प्रहरी कार्यालय सहितको टोलीले खोजी गर्ने क्रममा बुधवारै दिउँसो मन्थली बजारमा हिँडिरहेको अवस्थामा ती दुई बालकलाई फेला पारी परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ । 

 

 

ती बालकहरुले किन घर छाडे भन्ने बारेमा थप केही खुलाइएको छैन ।