ललितपुरमा समूहकी रूपमा सुनचाँदीका गहना र नगद चोरी गर्ने रामेछापका दुईसहित ६ जना पक्राउ

| जेठ ५, २०८१ शनिबार

A A A
A A A

५ जेठ, काठमाडौँ । ललितपुरमा समूहकी चोरी गर्ने रामेछापका दुईसहित ६ जना पक्राउ परेका छन् ।  उनीहरूले ललितपुर महानगरपालिका–२१ खोकनाका नवराज गुरुङको घरबाट चोरी गरेका थिए । उक्त चोरीको आरोपमा ६ जनालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको जनाएको हो । 

 

पक्राउ पर्नेमा रामेछाप दोरम्बा शैलुङ् गाउँपालिका–४ घर भई ललितपुर–१५ खुमलटार बस्ने ३७ वर्षीय कमल थापा मगर र ३५ वर्षीय धनलाल थापा मगर, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–६ का २८ वर्षीय सुवास सुनार, काठमाडौँ मुलपानी बस्दै आएका ४१ वर्षीय रेशम बिक, टोखा नगरपालिका–३ का ४१ वर्षीय योगेश डाँगी र सप्तरीको सुरुंगा–१४ का मोहम्मद समीर रहेका छन् ।

 

पक्राउ परेका डाँगी न्यूरोड ताम्राकार कम्पलेक्सको मोबाइल पसल सञ्चालक हुन् । उनले चोरी भएको मोबाइल किनबेच गरेको प्रहरीको भनाइ छ । समीर पनि मोबाइल किनबेचमा संलग्न भएका हुन् ।

 

उनीहरूलाई फरक–फरक दिन छुटाछुटै स्थानबाट पक्राउ गरिएको कार्यालयले जनाएको छ । गुरुङको घरबाट वैशाख ९ देखि ९ गतेको बिचमा सुनचाँदीका गरगहनाहरू, नगद तथा आइफोनलगायतका धनमालहरू चोरी भएको थियो ।

 

उनीहरुले चोरी गरेका सामाग्रीहरु