रामेछापकाे कात्तिके सामुदायिक वनमा आगाे लगाउदै गरेका ७० वर्षीय वृद्धा पक्राउ

| जेठ ६, २०८१ आइतबार

पक्राउ परेका वृद्धा, स्राेत प्रहरी ।
A A A
A A A

६ जेठ, रामेछाप । रामेछापमा वनमा आगाेलगाउने फेरि एक जना वृद्धा पक्राउ परेका छन् । उनलाई आगाेलगाउदै गरेकाे अवस्थामा देखेपछि पक्राउ गरिएको रामेछाप प्रहरीले जनाएको हाे । 

 

पक्राउ पर्नेमा रामेछाप नगरपालिका वडा नं ८ कात्तिकेटाेल बस्ने ७० वर्षीय अमरबहादुर मगर रहेका छन् । गत शुक्रबार अपरान्ह ४ बजेतिर साेही ठाउँको कात्तिके सामुदायिक वनमा आगाे लगाउदै गरेको अवस्थामा वनका उपभोक्ता समितिका व्यक्तिले देखेपछि प्रहरीलाई खबर गरेका थिए । जानकारी पाए लगत्तै खटिएको प्रहरी टाेलीले दलबहादुर मगरकाे ७० वर्षिय वृद्ध छाेराे अमरबहादुरलाई नियन्त्रणमा लिएको जिप्रका रामेछापले आइतबार जानकारी दिएको छ । 

 

प्रहरीका अनुसार प्रकाउ परेका वृद्धा मगरलाई डिभिजन वन कार्यालय रामेछापबाट ५ दिनकाे अनुमति लिएर घटना बारे अनुसन्धान भइरहेको जनाएको छ । गत वैशाखमा जिल्लाका विभिन्न स्थानमा लागेकाे आगाेलागिबाट ४ हजार ५ सय हेक्टर वन जलेकाे थियाे । 


वैशाख महिनामा जिल्लाकाे दर्जनौं ठाउँमा आगाेलागि भएको थियाे भने दुई जना पक्राउ परेका थिए । यसअघि पक्राउ पर्नेमा रामेछाप नगरपालिका वडा नं ३ साँघुटारका किशोर सुवास महत, लिखु तामाकोसी गाउँपालिका वडा नं ३ का अशाेक महत हुन्  । 


उनीहरुमाथि डिभिजन वन कार्यालय र प्रहरीले अनुसन्धान गरिरहेका छन् ।