क्यान्सर पीडित मन्थलीका खड्कालाई नेपाली काँग्रेस रामेछापका नेताहरूले गरे २ लाख ५० हजार सहयोग

| जेठ ७, २०८१ सोमबार

A A A
A A A

७ जेठ, रामेछाप । नेपाली काँग्रेस रामेछापका नेताहरूले क्यान्सर रोगबाट पीडितलाई आर्थिक सहयोग प्रदान गरेका छन् । विभिन्न नेताहरूबाट संकलन गरी आइतबार पीडितलाई झन्डै साढे दुई लाख रकम हस्तान्तरण गरेका हुन् । 

 

मन्थली नगरपालिका वडा नं ३ कठजोर निवासी शिवबहादुर खड्का विगत केही समय यता हड्डी क्यान्सर रोगबाट ग्रसित भएर उपचारको लागि परेका छन् । तर, आर्थिक समस्याको कारण उनले बेलैमा उपचार गर्न सकिरहेका छैनन् । 

 

सोही परिस्थितिलाई बुझेर त्यहाँका युवा नेताहरुले पार्टीका नेता कार्यकर्तासँग रकम संकलन गरेर पीडितलाई प्रदान गरेको नेपाली काँग्रेस रामेछाप क्षेत्र नं १ (क) का सचिव राजकुमार केसीले रामेछाप टाइम्सलाई जानकारी दिए । ‘आर्थिक अवस्था कमजोरीको कारण उपचार गर्न नपाएका उहाँको परिवारलाई युवा नेताहरुको पहलमा मिलेर सकेको सहयोग गरेका हौँ ।’

 

क्यान्सर जस्तो प्राणघातक रोगको उपचार गर्न रकम अभावका कारण घरमै बसेका खड्काको उपचारमा अग्रसरता देखाउँदै सोही वडाका काँग्रेस युवा नेता तथा क्षेत्रीय सचिव राजकुमार केसी र सुरेश बस्नेतले संयुक्त रूपमा रकम संकलन गरी महाधिवेशन प्रतिनिधि युवराज भट्टराई लगायतको उपस्थितिमा नगद दुई लाख २२ हजार पीडितलाई प्रदान गरिएको केसीले जानकारी दिएका हुन् ।

 

उनका अनुसार अहिले नगद २ लाख २२ हजार प्रदान गरिएको र केही दिन भित्र प्रतिबद्धता जनाएकाहरूबाट संकलन भएको रकम पनि प्रदान गरिने छ । क्यान्सर पीडित खड्काको उपचारमा अझै सकेको आर्थिक सहयोग गर्ने बताउँदै क्षेत्रीय सभापति खड्काले भने ‘हाम्रो प्रयासले उहाँलाई डायलिसिस गर्न थोरै भए पनि मदत मिल्ने अपेक्षा गरेका छौँ’ । 

 

 

क्यान्सर पीडित खड्काले नेपाली काँग्रेसका युवाहरूले आफ्नो स्वास्थ्यप्रति देखाएको चिन्ता, चासो र सहयोगले ठुलो राहत महसुस भएको बताए ।

 

क्यान्सर पीडित खड्काले कसले कति सहयोग गरे हेर्नुहोस्