काँग्रेस निकट आदिवासी जनजाति महासंघ रामेछापको कार्यक्रममा आसन ग्रहणमा तलमाथि परेको निउमा कुटपिट, दुई जना घाइते

| जेठ ५, २०८१ शनिबार

तस्बिर सामाजिक संजालबाट
A A A
A A A

५ जेठ, रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका वडा नं ८ स्थित गाल्वामा आज नेपाली काँग्रेसको भातृ संगठन आदिवासी जनजाति महासंघको जिल्ला अधिवेशन कार्यक्रममा आसन ग्रहणमा तलमाथि गरेको निउमा कुटपिट भएको छ । काँग्रेस नेता भरत चौलागाई र जितबहादुर मगर पक्षबिच भएको कुटाकुटमा परी ०७४ मा प्रदेश सदस्यको उम्मेदवार बनेका मगर र बेनबहादुर तामाङ घाइते भएका छन् । घाइतेहरू हेलिकप्टर मगाएर काठमाडौँ गएका छन् । 

 

शनिवार गाल्बा बजार नजिकै बनेको हलमा भइरहेको उद्घाटन कार्यक्रममा जिल्ला पार्टी सभापति एवं संघीय सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) सहित नेताहरूको उपस्थिति रहेको थियो । उद्घोषकले आसन ग्रहण गराउँदै कार्यक्रमलाई अगाडि बढाउँदै जाँदा केही नेताहरूको नाम तलमाथि पर्दा मञ्चबाटै नेता जितबहादुर मगरले ‘केटाहरूलाई लाठ्ठि पुगेको छैन्’ भनेर बोलेपछि कार्यकर्ताबिच कुटाकुट भएको बुझिएको छ । 

 

कार्यक्रममा कुटपिट भएर अधिवेशन स्थगित भएपछि पार्टी सभापति एवं सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) मन्थली आएका छन् । घटना बारेमा रामेछाप टाइम्ससंग कुराकानी गर्दै सभापति तामाङले सामान्य विषयमा विवाद हुँदा कुटपिटको स्थिति भएको बताए । 'मलाई प्रहरीले घेरेर राख्यो सबै बुझ्न पाइन्, तर, विषय अतिथि आसन ग्रहणको मात्रै हो ।' यद्दयपी आफूलाई दुईचार जना कार्यकर्तालाई चोट लागेको बारे बताएको सभापति तामाङले बताए । 

 

जिल्ला प्रहरी प्रमुख (डिएसपी) प्रदीप कुमार सिंहले पनि हालसम्म कार्यक्रममा कुटपिट भएर जितबहादुर मगर र बेनबहादुर तामाङलाई चोट लागेको र उनीहरूलाई हेलिमा लगेको बाहेक अन्य जानकारी आफूहरूलाई नआएको रामेछाप टाइम्सलाई बताए । ‘दुई जना घाइते र एक जना उहाँहरूको साथमा काठमाडौँ जानू भयो’ एकै पार्टीको झगडा भएको कारण थप कुनै विषय प्रहरी कहाँ नआइसकेको प्रष्ट पारे । 

 

नाम नखुलाउने सर्तमा एक नेताले बताए अनुसार कार्यक्रममा कुर्सी, ढङ्गा प्रहार हुँदा केही नेताहरुलाई रगताम्य हुने गरी चोट लागेको छ । दुई पक्षका नेताहरु एक्कासी कुटपिटमा उत्रिदाँ चोटपटक लाग्ने गरी घटना भएको हो ।