रामेछाप नगरपालिकाले माग्यो सरोकारवालासँग आगामी वर्षको बजेटमाथि राय सुझाव

| जेठ १, २०८१ मंगलबार

A A A
A A A

०१ जेठ, रामेछाप । रामेछाप नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटमा समावेश गर्ने विषय वस्तुमा राय सुझाव मागेको छ । यसरी राय सुझाव दिन चाहनेले यही जेठ १० गते भित्र सुझाव दिई सक्नु पर्ने बताइएको छ । 

 

सोमबार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्र प्रसाद घिमिरेले एक पत्र जारी गर्दै वार्षिक नीति तथा कार्यक्रममा समावेश गर्नु पर्ने विषयहरूमाथि सरोकारवालाबाट   राय,सुझाव मागेका हुन् । 

 

 

प्रमुख प्रशासकीय अधिकृते घिमिरेले जारी गरेको पत्रमा ‘वार्षिक नीति, बजेट तथा कार्यक्रममा समावेश गर्नु पर्ने विषयहरूमा जेठ १० गते भित्र आवश्यक अमूल्य राय तथा सुझाव उपलब्ध गराइदिनू’ भनिएको छ । 

 

 

पछिल्लो समय स्थानीय तहहरू चालु आर्थिक वर्षको योजना सम्पन्न गरेर आगामी बजेट निर्माणमा जुटी सकेका छन् । 

 

त्यसैको लागि हाल सम्म प्रवाह भएका चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन सम्बन्धमा सार्वजनिक सुनुवाइ गर्दै नागरिकलाई जानकारी गराउँदै आइरहेका छन् ।