रामेछापका श्रेष्ठ बने बागमती प्रदेशको उद्योग, पर्यटन तथा वातावरण समितिको सभापति

| जेठ ७, २०८१ सोमबार

आनन्द कुमार श्रेष्ठ, तस्बिर फाइल ।
A A A
A A A

७ जेठ, रामेछाप । रामेछापबाट निर्वाचित बागमती प्रदेश सांसद आनन्द कुमार श्रेष्ठ प्रदेश सभाको उद्योग, पर्यटन तथा वातावरण समितिको सभापति बनेका छन् । उनले सोमबार सपथ ग्रहणसँगै कार्यभार समेत सम्हालेका छन् । 

 

कार्यभार सम्हालेपछि रामेछाप टाइम्ससंग कुराकानी गर्दै सभापति श्रेष्ठले समिति ‘एक मिनी संसद्’ को रूपमा काम गर्ने उल्लेख गराउँदै उद्योग, पर्यटन तथा वातावरणको क्षेत्रमा रहेका कानुनी समस्यालाई सम्बोधन गर्न भूमिका खेल्न प्रतिबद्धता जनाए । ‘यो एक मिनी संसद् हो । उद्योग, पर्यटन तथा वातावरण को क्षेत्रमा प्रदेशमा रहेका विभिन्न कानुनी अड्चनहरूलाई फुकाउने, कानुन बनाउने, बनेका कानूलाई कार्यान्वयनमा ल्याउने र सहजिकरण गर्न सबैसँग मिलेर काम गर्छु ।’

 

१९ सदस्यीय उक्त समितिले प्रदेश सभाले बनाएका मन्त्रालयगतका कानुनहरूमाथि थप छलफल गरेर टुङ्गोमा पुर्‍याउन भूमिका खेल्ने उनको भनाई छ । नेकपा एमाले रामेछापका निवर्तमान अध्यक्ष रहेका श्रेष्ठले प्रदेशमा धेरै ऐन कानुन बने पनि अलपत्र अवस्थामा रहेकालेकाले त्यसलाई चलनचल्तीमा ल्याउने गरी पहल गर्ने वचन दोहोर्‍याए । 

 

 

आइतबार प्रदेश सभामा भएको विशेष छलफलबाट भाग बन्डाको आधारमा नेकपा एमालेको भागमा परेको समितिको सभापतिमा रामेछापका श्रेष्ठ उम्मेदवार बनेका निर्विरोध सभापति बनेका हुन् । कार्यभार सम्हालेपछि उनी रामेछाप मन्थली तर्फ आउन हिँडेको श्रेष्ठले बताए ।