यस्तो छ, चौतर्फी आलोचनाको सिकार बनेको मन्थली नगरपालिकाले तयार पारेको ‘घर बहाल कर’ सम्बन्धि प्रतिवेदन ?

| साउन १७, २०८१ बिहिबार

A A A
A A A

१७ साउन, रामेछाप । १४ वटा वडा रहेको मन्थली नगरपालिकाले घर बहाल कर अस्वाभाविक रूपमा बढाउने गरी प्रतिवेदन तयार परेको पाइएपछि चौतर्फ असन्तुष्टि र आलोचना सुरु भएको छ । 

 

नगरपालिकाका वरिष्ठ शाखा अधिकृत दीपक सुवेदीको संयोजक गठित ६ सदस्यीय समितिले ‘क’, ‘ख’,‘ग’,‘घ’ र ‘ङ’ मा वर्गीकरण गरेर तयार पारेको प्रतिवेदन सार्वजनिक भएपछि उक्त प्रतिवेदन घर धनी र भाडामा बसेका व्यवसायीहरूलाई मारमा पार्ने गरी तयार पारिएको भन्दै आलोचना सुरु भएको हो । 

 

रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष नवीन कुमार थापा मगर, शाखा अधिकृत गोविन्द कट्टेल, कानुन अधिकृत सुदर्शन कुमार राय, सब -इन्जिनियर होमबहादुर खड्का, अमिन सिताराम खत्री र वरिष्ठ सहायक दील कुमार मानन्धर सदस्य रहेको उक्त समितिले नगरका एकतिहाइ ठाउँको अवलोकन गरेर सात दिन भित्र तयार पारेको थियो । 

 

उक्त प्रतिवेदनमा लागू हुन नपाउँदै आलोचना सुरु भएपछि यहाँका स्थानीयहरूले प्रतिवेदन संशोधन गर्न जोडदार माग गरेका छन् । साथै प्रतिवेदन नसच्याएमा चरणबद्ध आन्दोलन समेत गर्ने यहाँका स्थानीय घरधनी र व्यवसायीहरूले चेतावनी समेत दिएका छन् । 

 

नगरपालिकाले भने प्रतिवेदन मात्रै तयार पारेकाले सबैसँग छलफल गरी संशोधन सहित कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको छ । 

 

यो हेर्नुहोस् नगरपालिकाले तयार पारेको प्रतिवेदन 

 

मिलन घिमिरे
| भदौ २९, २०८१ शनिबार