रामेछाप मन्थलीका दुई पेट्रोल पम्प शिल्, निल्कण्ठेश्वरलाई २ लाख ५० हजार ‘अन्दस्पट्’ जरिवाना

| भदौ १७, २०८१ सोमबार

A A A
A A A

१७ रामेछाप । स्वचालित: मूल्य समायोजन हुने बित्तिकै पेट्रोल बिक्री वितरण नै ठप्प पार्दै सेवाग्राहीलाई सास्ती दिँदै आएका यहाँका तीन वटा पेट्रोल पम्पको निरीक्षण एवं अनुगमन गर्दै वाणिज्य कार्यालय रामेछापले मन्थली बसपार्कको निलकण्ठेश्वर र भैशेश्वरको शुभ समृद्धि आयल स्टोर्सलाई जरिवानासहित सिल गरेको हो । 

 

उद्योग वाणिज्य कार्यालय रामेछापले जिल्ला सदरमुकाम मन्थलीमा सञ्चालित तीन पेट्रोल पम्पहरूलाई ठाउँको ठाउँ (‘अन्दस्पट्’)   लाखौँ जरिवानासहित सिल गरिदिएको हो । वाणिज्य कार्यालयका प्रमुख सुबोध कुमार शाह कर्मयोगीका अनुसार बसपार्कको निलकण्ठेश्वर आयल स्टोर्सले इन्धनको न्यूनतम मौज्दात नराखेको, पेट्रोल र डिजेलको डिस्पेन्सर बन्द गरेको भेटिएपछि प्रदेश व्यापार तथा व्यवसाय ऐन, २०७६ को दफा ६० को खण्ड (ज) बमोजिमको कसुर गरेको ठहर गर्दै सोही ऐनको दफा ६१ को उप-दफा (१) को खण्ड (घ) बमोजिम न्यूनतम रु दुई लाख ५० हजार जरिवाना गरिएको हो । साथै, उक्त आयल स्टोरलाई सात (७) दिन भित्र जिल्ला प्रशासन कार्यालय रामेछापमा आवश्यक कागजात सहित उपस्थित हुन निर्देशन समेत दिइएको छ । 

 

प्रदेश व्यापार तथा व्यवसाय ऐन २०७६ को दफा ५८ बमोजिम आइतबार यहाँका तीन वटै पेट्रोल पम्पहरूमा अनुगमन गर्दा गम्भीर कैफियत गरेको पुष्टि भएपछि ठाउँको ठाउँ जरिवाना तिराइएको हो । मन्थली नगरपालिका वडा नं १ भैशेश्वरमा सञ्चालित शुभ समृद्धि आयल स्टोर्स अनुगमनको क्रममा बन्द रहेको भेटिएपछि तीन वटै पम्महरुमा सिलबन्दी गरी गरिएको वाणिज्य कार्यालयले जनाएको हो । शुभ समृद्धि आयल स्टोर्स केही समय यता पारिवारिक समस्याको कारण बन्द रहेको सञ्चालक जीवन बुढाथोकीले बताउने गरेका छन् । पारिवारिक समस्याको कारण तेल ल्याउन नसक्दा सञ्चालन गर्न नसकिएको उनको गुनासो छ । यद्दयपी कानुनतः नमुना पेट्रोल पम्प बन्द गर्न भने पाइँदैन । 

 

यसरी सिल गरिएका पेट्रोल पम्पहरूलाई सात (७) दिन भित्र रामेछाप प्रशासन कार्यालयमा आवश्यक कागजात सहित उपस्थित हुन निर्देशन गराइएको वाणिज्य कार्यालय रामेछापका प्रमुख शाहले बताए । 

वाणिज्य कार्यालय प्रमुख शाहका अनुसार मन्थली भैशेश्वरकै लक्ष्मी आयल स्टोर्समा भने स्थलगत निरीक्षण गर्दा डिजेल ५८०२ लिटर र पेट्रोल ११४५ लिटर मौज्दात रही निरन्तर सुचारु अवस्थामा भेटिएको थियो । 

 

मन्थलीमा यी तीन पेट्रोल पम्प सञ्चालनमा छन् । उनीहरूले माथिबाट मूल्य घट्ने बित्तिकै पेट्रोल छैन भन्दै बिक्री वितरण रोक्दै आएको सेवाग्राहीको गुनासो छ ।  गत शनिवार देखि यहाँका पम्पहरूमा पेट्रोल नपाएको सेवाग्राहीहरूले गुनासो गरेका थिए । 

 

नियम अनुसार पम्पहरूले बोतल लगायतका भाँडोहरूमा बिक्री गर्न नपाउने प्रस्ट व्यवस्था भए पनि त्यसरी पनि बिक्री वितरण भइरहेको पाइन्छ ।