रामेछापको प्रमुख जिल्ला अधिकारीमा राजु प्रसाद पौडेल आउँदै

| असोज ३, २०८१ बिहिबार

A A A
A A A

३ असोज, रामेछाप । रामेछापको प्रमुख जिल्ला अधिकारी (सिडिओ/प्रजिअ) अनिता निरौलाको सरुवा भएपछि नयाँ सिडिओको रूपमा राजु प्रसाद पौडेल आउने भएका छन् । उनी यस अगाडि पनि सिडिओको जिम्मेवारी निर्वाह गरेका व्यक्ति हुन् ।

 

हाल कसुर जन्य सम्पत्ति व्यवस्थापन विभाव सिंहदरबारमा कार्यरत रहेका पौडेल रामेछापमा सिडिओको जिम्मेवारीमा आउन लागेका हुन् ।

 

गृह मन्त्रालयले बुधवार रामेछापमा पौडेलसहित ३६ जिल्लाका सिडिओसहितका विभिन्न पदमा उपसचिवहरूको सरुवा गरी जिम्मेवारी तोकेर पठाएको हो ।  

 

१६ चैत २०७९ मा यहाँको सिडिओको रूपमा आएकी अनिता निरौलाको गएको भदौ ३० गते शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सरुवा भएको छ । यद्दयपी सिडिओ निरौला संविधान दिवस सहितका कार्यक्रम तय गरिएकाले हाल रामेछापमै जिम्मेवारी निर्वाह गरिरहेकी छिन् ।  

मिलन घिमिरे
| भदौ २९, २०८१ शनिबार