भुजीको बुन्देल डाँडादेखि बरमाली सम्म सडक नाली तथा ढलान निर्माण कार्य सुरु

| फागुन २७, २०८१ मंगलबार

तस्बिर स्रोत मेरो भूजी
A A A
A A A

२७ फागुन, रामेछाप । उमाकुण्ड गाउँपालिका–७ भुजीले सडकको नाली तथा ढलान कार्य अगाडि बढाएको छ । सडक निर्माण क्षेत्र भित्र पर्ने अस्थायी संरचनाहरू तत्काल हटाउन समेत वडा कार्यालयले आग्रह गरेको छ । 

 

गएको आइतबारै एक पत्र जारी गर्दै वडा कार्यालयले ‘बुन्देल डाँडादेखि बरमाली डाँडासम्म सडक नाली तथा ढलान निर्माण कार्य सुरु’ गर्न लागेको भन्दै सडक आसपास बनाइएका अस्थायी संरचना तथा टहराहरू सूचना जारी भएकै मिति देखि लागू हुने गरी १ हप्ताभित्र हटाउन निर्देशन गरेको छ । 

 

वडा कार्यालयले जारी गरेको पत्रमा भनिएको छ ‘सडक निर्माण हुँदा मापदण्ड अनुसार निर्माण भएको छ, छैन सबै सरोकारवाला व्यक्तिहरूले निगरानी गरी सडक नाली तथा ढलान निर्माण कार्य सुरु हुने छ ।’  

 

लामो समयदेखि कच्ची सडक अस्त व्यस्त रहेको उक्त सडकलाई ढल निर्माण सँगै ढलान गरी सञ्चालन गर्ने कार्य मङ्गलवार (आजै) देखि सुरु भएको छ ।