स्ववियु निर्वाचन : नेविसंघले विपुल रोकाको सभापतित्वमा दर्ता गर्यो उम्मेदवारी (भिडिओसहित)

२७ फागुन, रामेछाप । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले विपुल रोकाको सभापतित्वमा उम्मेदवारी दर्ता गरेको छ । चैत्र ५ गते हुने निर्वाचनको लागि मंगलबार (आज) प्रत्यक्ष र समानुपातिक दुवै तर्फको लागि उम्मेदवारी दर्ता गरेको हो । नेपाली कांग्रेस रामेछापका कार्यबहाक सभापति लेखबहादुर कार्कीसहित प्रमुख राजनीतिक सल्लाहकार कृष्णबहादुर मतह, पार्टीको तर्फबाट स्ववियु निर्वाचन संयोजक दिपेन्द्र खड्का लगाएतका पार्टी र विद्यार्थी नेताहरुको उपस्थितिका बिच उम्मेद्वारी दर्ता गराइएको हो।
पाँच सय ३१ मतदाता रहेको मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसमा नेविसंघको तर्फबाट सभापतिमा रोकासहित सचिवमा युवराज बुढाथोकी र कोषाध्यक्षमा छाया तामाङको उम्मेदवारी दर्ता गरेको निर्वाचन व्यवस्थापन समितिका संयोजक एवं नेविसंघ रामेछापका उपसभापति युवराज सुवेदीले बताए ।
समानुपातिक सहित १५ सदस्यीयमा निर्वाचित हुने छन् । भने, ८ जना प्रत्यक्ष अध्यक्ष, सचिव र कोषाध्यक्षसहित अन्य ५ जना प्रत्यक्ष निर्वाचित हुने व्यवस्था रहेको (त्रिवि) मातहतको मन्थली सहिद स्मृति बहुमुखी क्याम्पस निर्वाचन प्रमुख नाराद थापाले बताए ।
जसमा नेविसंघबाट सदस्यमा कर्ण श्रेष्ठ, कालिका महत (दीक्षा), रोमन श्रेष्ठ, अमृता माझी, अवजल श्रेष्ठको उम्मेदवारी दर्ता गराइएको नेविसंघका अर्का उपसभापति विमल पौडेलले बताए ।
उम्मेदवारी दर्ता गराएपछि पत्रकार माझ बोल्दै सभापतिका उम्मेद्वार रोकाले आफूहरूले विद्यार्थीको हक हितको लागि विगत देखि काम गर्दै आएको र त्यसको थप व्यवस्थापन, विद्यार्थी, शिक्षक र अभिभावकको थप सहकार्य, सहजताको लागि काम गर्न उत्सुक रहेकाले सहजै जित्ने विश्वास व्यक्त गरे । साथै, नेविसंघले जिते मात्रै क्याम्पसको समग्र विकास र प्रवर्द्धन गर्न सकिने भन्दै सम्पूर्ण विद्यार्थीहरूलाई मतदान गरी जिताइदिन समेत अपिल गरे ।
भिडिओ हेर्नुहोस्