गणतन्त्रको पक्षमा शक्ति देखाउँदै एमाले रामेछापको कडा चेतावनी ‘नगर ज्ञानेन्द्र सत्ताको आशः होला फेरी वन बास’ (भिडिओ)

| चैत १७, २०८१ सोमबार

A A A
A A A

१८ चैत, रामेछाप । नेकपा (एमाले) रामेछापले मंगलबार मन्थलीमा गणतन्त्रको पक्षमा जनप्रदर्शन एवं शक्ति प्रदर्शन गरेको छ । यो प्रदर्शनमा एमाले रामेछाप पूर्व राजा भन्दा पनि जिल्ला बासी समेत रहेका राजावादी नवराज सुवेदी प्रति आक्रामक देखिएको छ । उसले ८७ वर्षीय वृद्ध सुवेदीले फेरी पञ्चायत फर्काउन खोजेर जिल्लाकै बदनाम गरेको जिकिर गरेको छ । 

 

मन्थलीको कटरबोट स्थित पार्टी कार्यालय देखि गणतन्त्रको पक्षमा नाराबाजी गर्दै पूर्वराजलाई सत्ताको आश नदेख्न चेतावनी समेत दिइएको एमाले रामेछापले करडौं जनताले भोट बाटै राजा चाहिँदैन भनेर प्रमाणित गरिसकेको जिकिर समेत गरेको छ । 

 

देवकोटा चोक हुँदै मदनआश्रीत चोक सम्म पुगेर देवकोटा चोकमै फर्किएर कोण सभामा परिणत भएको जनप्रदर्शनमा जिल्ला अध्यक्ष पुरुषोत्तम कडरिया राजावादी प्रति कडा रूपमा प्रस्तुत भए । अध्यक्ष कडरियाले आफूहरूले बिदा गरेको राजतन्त्र फेरी केही मतियारहरूको कारण गणतन्त्रको पक्षमा देखिनु परेको उल्लेख गर्दै विकास र समृद्धि लिएर जनतामाझ जानु पर्ने बेला आन्दोलन गर्नु परेको धारणा राखे । 

प्रतिगमन र निरङ्कुस्ताको विरुद्धमा एमाले सडकमा आएको सुनाउँदै अध्यक्ष कडरियाले राजावादी नवराज सुवेदीलाई कडा चेतावनी दिए । उनले वृद्धा अवस्थाका सुवेदी नजरबन्दमा रहेको तर्फ टिप्पणी गर्दै भने ‘तपाई पञ्च भएको बेलामा रामेछापको कुन–कुन सडक कालोपत्रे भएका, कुन विद्यालय थिए । कहाँ–कहाँ बिजुली बलेको थियो ? कुहिसकेको, गलिसकेको र आफ्नै वंश नाश गरेको राजतन्त्र सलबलाई रहेको भन्दै उनले भने ‘मतियारहरूले टाउको उठाएकाले त्यसको दहाशंस्कार गर्न आएको हौँ ।’

 

सुवेदी सत्तामा रहँदा जिल्लावासी गुमनाम भएको आरोप लगाउँदै अध्यक्ष कडरियाले सोधे ‘हामी प्रतिगामीहरूको दहाशंस्कार गर्न तयार छौँ ।’ राजतन्त्रको आदर्श १५ गते तीनकुनेमा देखिएको टिप्पणी गर्दै त्यही दिनदेखि राजतन्त्र सिद्धिएको तर्क गरे । 

 

त्यस्तै, बागमती प्रदेश कमिटी सदस्य समेत रहेका पूर्व सांसद शान्ति प्रसाद पौडेलले नेपाली जनताले विगतका निर्वाचनहरूबाट करोडौँ मतदान गरेर राजतन्त्र अस्वीकार गरेको तर्क गरे । उनले राजावादीहरूलाई चेतावनी दिँदै केही व्यक्तिहरूको पछि लागेर नहौसिन आग्रह गरे । 

 

केन्द्रीय सदस्य गीता कार्कीले पार्टीमाथि चौतर्फ रूपमा हमला भइरहेको दाबी गर्दै (बिआरआई) गरेपछि एमालेमाथि प्रहार सुरु भएको दाबी गरिन् । उनले (बिआरआई) मार्फत देशमा विकासको राम्रो अवसर सुरु भएको तर्क गर्दै यो सरकारले राम्रो काम गर्‍यो भनेर विरोध गरिएको धारणा राखिन् । 

 

आदिवासी जनजाति, दलित, महिलाहरू गणतन्त्रमा निकै अगाडि बढेको सुनाउँदै एउटा शाहको छोरोलाई राजा बन् भन्दै नहिँड्ने उनको तर्क छ ।