एमाले रामेछापका अध्यक्ष कडरियाको सांसद बुढाथोकीलाई प्रश्न: ‘नेपालले भारतको भूमि मेचेको छ भन्दा किन ताली पड्काउनू भयो’
फाइल फाेटाे
२३ जेठ, रामेछाप । नेकपा (एमाले) रामेछापका अध्यक्ष पुरुषोत्तम कडरियाले (रास्वपा) ले राष्ट्रियताको सवालमा स्पष्ट धारणा बनाउन आग्रह गरेका छन् । अध्यक्ष कडरियाले ‘प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले नेपालले पनि भारतको भूमि धेरै ठाउँमा मिचेको रहेछ’ भन्दा रामेछापबाट निर्वाचित सांसद डा. कृष्णहरि बुढाथोकीले ‘ताली बजाएको’ भन्दै प्रश्न उठाएका छन् । उनले घुमाउरो पारामा सांसद बुढाथोकीसँग त्यसको जवाफ मागे ।
शनिवार तीनलाल पार्कमा रास्वपाको पहिलो जिल्ला अधिवेशनमा शुभकामना दिँदै एमाले अध्यक्ष कडरियाले राष्ट्रियताको विषयमा पार्टीले स्पष्ट धारणा बनाउनु आवश्यक रहेको बताए । ‘तपाईँहरूको काँधमा ठुलो जिम्मेवारी छ’, प्रधानमन्त्रीले नेपालले भारतको जमिन मिचेको रहेछ भनेर बोल्दा ताली पड्काउने मान्यज्यू ?’।
देशमा ३५ वर्ष सम्म पुराना दलहरूले खाए भन्ने नकारात्मक भाष्य प्रचार गरिए पनि वर्तमान सरकारका अर्थमन्त्रीले भएका विकास निर्माणबारेमा स्पष्ट हुने गरी व्याख्या गरी त्यसलाई खण्डन गरिदिएको तर्क उनको छ । उनले भने ‘अर्थमन्त्री जीले भन्नु भयो नेपाल गरिबी कमछ । विकास निर्माण भएका छन् ।’
सुरुङ मार्गसहितका ठुला विकास आयोजना पुराना दलहरूले नै गरेको जिकिर गर्दै रास्वपा प्रति जनताले राखेको अपेक्षा पुरा गर्न समेत आग्रह गरे ।
रास्वपा लाई आफ्नै पार्टी भित्रबाट सुशासनको अभियान थाल्न सुझाएका अध्यक्ष कडरियाले भने ‘सुशासन भन्ने शब्द नै शक्तिशाली छ त्यसैले आफैबाट सुरु गर्नुस्, बाहिर उठेका ठुला–ठुला प्रश्नहरूको अन्त्य होस् ।’
