एक वर्षमा रामेछापमा ११५ जनाको सम्बन्ध विच्छेद, ‘न्यायिक समितिको फैसलामा’ न्याधिश नेपालले के भने ?

| असार ५, २०८३ शुक्रबार

A A A
A A A

०५ असार, रामेछाप । रामेछापका जिल्ला न्याधिश राजेन्द्र नेपालले यहाँका न्यायिक समितिले गर्नेका मेलमिलाप कानुन सम्मत देखिएको बताएका छन् । उनले भने ‘हामीले अनुगमन निरीक्षणको क्रममा उहाँहरूको फैसला विधि सम्बत नै भएको पाएका छौँ।’ न्यायिक समितिले गरेका फैसलाका विरुद्ध जिल्ला अदालतमा मुद्दा दिनेहरूको संख्या न्यून मात्रै देखिएकाले पनि ‘समितिको फैसला’ विधि सम्बत भएको पुष्टि हुने उनको तर्क छ । अदालतले सहज र सरल रूपमा पीडितलाई न्याय दिने ढङ्गबाट आफूहरूले काम गरिरहेको उल्लेख गर्दै न्याधिश नेपालले अदालतले लिएको ३२३ वटा मुद्दा फैसला सक्ने लक्ष्य मध्ये २६३ वटा मुद्दाको फैसला गर्दै ८१.४१ प्रतिशत लक्ष्य प्राप्त गर्न सफल भएको विश्वास व्यक्त गरे । 

 

बिहीबार पत्रकार भेटघाट गर्दै जिल्ला न्याधिश नेपालले रामेछापमा चालु आर्थिक वर्षमा ३ सय ६ वटा मात्रै मुद्दा दर्ता भएको भन्दै विगतको तुलनामा मुद्दाको संख्या पनि घट्दै गरेको जानकारी दिए । उनले थपे ‘यो संख्या क्रमशः घट्दै गएको पाइन्छ ।’ अघिल्लो वर्षका १ सय ९ मुद्दा जिम्मेवारी सरेर आएको सुनाउँदै न्याधिश नेपालले २०४ देवानी र ५८ फौजदारी प्रकृतिका गरी २ सय ६३ थान मुद्दा फैसला सकिएको बताए । आफूहरूले दर्ता हुन आएका र चाडै फैसला हुने प्रक्रिया पुगेका मुद्दालाई तत्कालै टुङ्गोमा पुर्‍याउन सकेको उनको जिकिर छ । 

 

पछिल्लो समय सम्बन्ध विच्छेदका मुद्दाको संख्या मात्र हातै बढेको सुनाउँदै चालु आर्थिक वर्षमा मात्रै १ सय ७६ वटा सम्बन्ध बिच्छेद्का मुद्दा दर्ता भएको बताए । विविध कारण जिल्ला भित्र र बाहिर बसोबास गर्ने रामेछापेलीहरुले सम्बन्ध विच्छेद्य गर्न क्रम बढ्नु दुःखद रहेको भन्दै यो वर्ष मात्रै १ सय १५ जनाको सम्बन्ध बिच्छेद् मुद्दा फैसला भएको तहसिलदार एवं सूचना अधिकारी विमला पन्थीले बताइन् । 

 

न्याधिश नेपालले भने ‘सम्बन्ध विच्छेदका मुद्दाको प्रकृति दिन दिनै बढ्दै गएको र अदालत आएपछि मिलेर जाने सम्भावना नहुने निश्चित जस्तै हुँदा पनि सकेसम्म चाँडै फैसला गर्ने गरेका छौँ ।’ जबरजस्ती करणी, आत्महत्या लगाएका मुद्दाको संख्या पनि नकारात्मक तर्फ रहेको उल्लेख गरेका न्याधिश नेपालले सबैले सकारात्मक सन्देश प्रवाहलाई प्राथमिकता दिँदै समाजमा सचेतना अभिवृद्धि गर्न सक्नु पर्नेमा जोड् दिए ।