खाँडादेवी गाउँपालिकाले विद्यालयलाई फिल्टर, बोधिचित्त र ‘एक घर एक प्लास्टिक ट्याङ्की’ बाँड्दै
२५ जेठ, रामेछाप । जिल्लाको खाँडादेवी गाउँपालिकाले ‘एक घर एक प्लास्टिक ट्याङ्की’ वितरण गर्ने तयारी अगाडि बढाएको छ । त्यसको लागि पालिकाले चालु आर्थिक वर्ष २०८२÷०८३ का लागि १०० प्रतिशत अनुदानसहितको योजना सार्वजनिक गरेको हो ।
कार्यक्रममार्फत गाउँपालिका भित्रका नागरिकलाई ५०० लिटर क्षमताको प्लास्टिक पानी ट्याङ्की शत प्रतिशत अनुदानमा वितरण गर्न लागेको गाउँपालिका अध्यक्ष ज्ञान कुमार श्रेष्ठले जानकारी दिए । सामाजिक सञ्जालमा पत्रकारहरूलाई सन्देश सम्प्रेषण गर्दै पालिका अध्यक्ष श्रेष्ठले भने ‘हामी सहयोग गर्दै छौँ यसलाई नागरिक तह सम्म पुग्ने गरी प्रचारप्रसार गरिदिनुस् ।’
गएको बिहीबार एक सूचना जारी गर्दै गाउँपालिकाको कार्यालयले घरमा प्लास्टिक ट्याङ्कि राख्न चाहनेले तत्काल सम्पर्क गर्न पनि भनेको छ ‘गाउँपालिकाले कार्यक्रम कार्यान्वयनका लागि १० लाख बजेट विनियोजन गरेको’ जनाएको छ।
यो वर्ष प्लास्टिक ट्याङ्कीसहित बोधिचित्तको बिरुवा र विद्यार्थीको संख्या ‘राम्रो’ रहेको विद्यालयमा शुद्ध पिउने पानी फिल्टर गर्ने प्रविधि (फिल्टर’ मेसिन वितरण गर्न लागको पालिका अध्यक्ष श्रेष्ठले बताए । ‘३७ वटा माग भएका विद्यालयहरूलाई फिल्टर मेसिन पनि वितरण गर्ने कार्य अगाडि बढाएको छु ।’
यो वर्ष वितरण र स्थानीयहरूको जिवीको उपार्जनको लागि टेवा पुर्याउने योजना रहेको गाउँपालिका अध्यक्ष श्रेष्ठको तर्क छ ।
