रास्वपाको अधिवेशनमा काँग्रेस उपसभापति कार्कीको शुभकामना सन्देश: ‘अब नयाँ र पुराना दलहरू सहकार्य हुन आवश्यक बनेको छ’

| जेठ २३, २०८३ शनिबार

A A A
A A A

२३ जेठ, रामेछाप । नेपाली काँग्रेस रामेछापका उपसभापति लेखबहादुर कार्कीले रामेछापको विकास गर्न नयाँ र पुराना दलहरू बिच सहकार्य हुन आवश्यक रहेको धारणा राखेका छन् । उनले भने ‘अब हामी रामेछापको विकास निर्माणको बहस एकै ठाउँ बसेर गरौँ’। नयाँ पुराना सबै ।’ उनले रास्वपाको सरकार ५ वर्ष चल्नु पर्ने उनको भनाई छ । उनले अब एकले अर्कोलाई गाली गरेर अगाडि बढ्न नसकिने धारणा राखे । 

 

चुनाव हारे पनि राजनीति र मुद्दाहरू नहारेको जिकिर गर्दै आफ्नो धारणा राखेका उपसभापति कार्कीले रामेछापको विकासको लागि सबै दल मिलेर सहकार्य गर्नु पर्ने आवश्यकता औँल्याएका हुन् । ‘तपाई हामी एउटै डुङ्गामा बसेको छौँ, सबैको एउटै चाहना हो रामेछापको विकास यहाँ कसैले कोही प्रति पैँठेज्वरी नखोजौँ’ । उनले यो वर्ष सरकारले ल्याएको बजेटमा डा.कृष्णहरि बुढाथोकीले बजेट नहालेको भन्दै आलोचना भएको सुनेको छु भने । 

 

शनिवार (रास्वपा) रामेछापको प्रथम जिल्ला अधिवेशनमा शुभकामना दिँदै वर्तमान सरकारले पनि जनताको आवश्यकता पुरा गर्न नसके मुलुक अन्यौलता धकेलिने उनको तर्क छ । उनले थपे ‘साथीहरू काँग्रेस–एमालेले ३५ वर्ष खाए हामीले खान नहुने भन्नु हुन्छ त्यो राम्रो भएन’, खाने खुवाउने प्रतिस्पर्धा भन्दा जिल्ला निर्माणमा प्रतिस्पर्धा गर्नु उत्तम हुने उनको तर्क थियो। त्यसको लागि उनले रामेछाप विमानस्थल सञ्चालन गर्ने देखि सडक पूर्वाधार निर्माणमा लागौँ ।’

 

उपसभापति कार्कीले (जेन्जी) आन्दोलनमा जलेका पैसा सहित किलोका किलो सुनको पनि विरोधी भने । ‘सम्पत्ति छानबिन गरौँ जलेको पैसा पनि सुनको पनि  ’। राष्ट्रियताको सवालमा सबै दलको एकता आवश्यकता औँल्याएका उनले ‘पुराना दलका नेताहरूले पार्टीलाई कम्पनीका रूपमा अगाडि बढाउँदा असफल भएको स्वीकारे । 

 

रामेछाप एयरपोर्ट सञ्चालन गरी गाउँ–गाउँमा कृषि उत्पादनमा वृद्धि र सिचाइको सुविधा पुर्‍याउनु पर्नेमा जोड् दिएका उपसभापति कार्कीले रित्तिएका गाउँमा बजार झरेकाहरूलाई फर्काउने अभियान थाल्नु पर्छ ।