रामेछापबाट बिदा लिनु अगाडि ‘सिडिओ’ थापाले सुनाए यस्तो फेरिसस्ता ?
२७ जेठ, रामेछाप । करिब एक वर्ष भन्दा बढी रामेछाप बसेर सरुवा भएका श्याम कृष्ण थापाले आफ्नो रामेछाप बसाई सफल भएको धारणा राखेका छन् । सुरुवा रामेछाप आउँदा ३ महिनाको लागि मात्रै आएको सुनाउँदै उनले भने ‘तीन महिना पछि बस्नु पर्छ भनेर आएको थिए’, जेन्जी आन्दोलन पछि उत्पन्न परिस्थिरले बस्ने दिन थपिएको उल्लेख गर्दै डेढ वर्ष बसाई सुखदै रह्यो’ ।
शुक्रवार रामेछापबाट बिदाइ हुन लागेको विषयमा यहाँका क्रियाशील पत्रकारहरूसँग भेटघाट गर्दै जिल्ला बसाई सुखद रहेको धारणा राखेका (सिडिओ) थापाले जेन्जी आन्दोलन र निर्वाचनमा स–साना गल्ती बाहेक कुनै त्रुटि बिना सफल भएकोमा खुसी व्यक्त गरे । उनले भने ‘यसमा तपाईँहरूले सकारात्मक सूचना सम्प्रेषण गर्नु र हाम्रो सुझबुझपूर्ण निर्णय गर्नु हो।’
उनले केही समय अगाडि तामाकोशीमा खसेको बसका पीडित परिवारले प्रशासनमा थालेको आन्दोलनसहित जिल्लाका विभिन्न आन्दोलहरुलाई वार्ता र संवादको माध्यमबाटै समाधान गर्न सफल भएको उल्लेख गर्दै सेवा प्रवाह, शान्ति सुरक्षा र विकास निर्माणमा सक्रियताको साथ जिम्मेवारी निर्वाह गरेको धारणा राखे । ‘यी सबै काम गर्दा सक्रिय भएर लागियो र यहाँ बस्दा कुनै पनि मिडियामा नकारात्मक समाचार आएन’ ।
आफ्नो बारेमा जिल्ला बस्दा सम्म नकारात्मक समाचार नआएको उल्लेख गर्दै आफूले गलत नगर्दा नै पत्रकारले लेख्ने ठाउँ नपाएको उनको तर्क छ । सिडिओको रूपमा दोस्रो जिल्लाको रूपमा यहाँ आएका थापाको गृह मन्त्रालयले सप्तरी जिल्लामा सरुवा गरेको छ । त्यहाँ जानु अगाडि आफ्नो कार्यकालमा भएका कामको फेरिसस्ता सुनाएका सिडिओ थापाले आफ्नो जिम्मेवारी निर्वाहमा सबैले सहयोग गरेको भन्दै धन्यवाद दिए ।

