मन्थलीमा अज्ञात समूहले निकाल्यो राँकेजुलुस, २ जना पक्राउ

| चैत २०, २०८१ बिहिबार

A A A
A A A

२१ चैत, रामेछाप । रामेछापको सदरमुकाम मन्थलीमा पहिचानै खुल्न नसकेको एक समूहले राँके जुलुस निकालेको छ । साँझ करिब ६ ः ४५ बजेको समयमा कटहरको बोट देखि देवकोटा चोक सम्म निकालिएको प्रदर्शन एवं राँजे जुलुस कुन राजनीतिक दलले निकालेको भन्ने खुल्न नसकेको प्रत्यक्ष दर्शीले बताए । 

 

‘एक्कासि राँको बोकेर निस्किए ६/७ जना थिए । सरकार विरुद्ध नाराबाजी गरे तर कुन राजनीतिक दल निकट हुन् भन्ने खुल्न सकेको छैन’ जिल्ला प्रहरी कार्यालय रामेछापका एक प्रहरी अधिकारीले रामेछाप टाइम्ससंग भने ‘दुई जनालाई नियन्त्रणमा लिएका छौँ ।’ 

 

‘नियन्त्रणमा लिएकाहरू बारे थप अनुसन्धान हुँदै छ । दुई जना नियन्त्रणमा लिएका हौँ अरू फरार भएको बुझिएको छ’, जिप्रकाका ती प्रहरी अधिकारीको भनाई छ । 

 

राँकेजुलुस कसले निकाल्यो भन्ने बारेमा अनुसन्धान भइरहेको छ, यद्दयपी वैद्य समूहका केही युवाहरु रहेको बुझिएको छ । 

रामेछाप टाइम्स
| पुस ८, २०८२ मंगलबार
रामेछाप टाइम्स
| मंसिर ६, २०८२ शुक्रबार