एमाले जिल्ला अधिवेशनःउपाध्यक्षमा तामाङ, सचिवमा कडरिया उप-सचिवमा कार्की र ढकाल बिजयी (मतपरिणामसहित)

| पुस २६, २०७८ सोमबार

तस्विर फाइल
A A A
A A A

२६ पुष,रामेछाप । नेपाल कम्यनिष्ट पार्टी (एमाले) रामेछापको पदाधिकारीको टुङ्गो लागेको छ । अध्यक्ष बाहेकका पदको लागि मतदान गरेको एमाले रामेछापले पाँच सदस्यीय पदाधिकारीको मतगणना सकिएको छ ।

गएराति करिब १० बजे सकिएको मतदान पछि भएको गणनामा उपाध्यक्षमा ईन्द्र बहादु तामाङ्, सचिवमा पुरुषोतम कडरिया बिजयी भएका हुन् । उपाध्यक्षमा एक पदको लागि ५ जनाले प्रतिस्पर्धामा उत्रिएका थिए । भने, सचिवमा तीन जना उम्मेद्वार थिए । जसअनुसार उपाध्यक्षका चार जना र सचिवका दुई जना बाहिरिएका छन् । 

 

त्यस्तै उपसचिवको लागि प्रकाशकुमार कार्की र होतराज ढकाल बिजयी भएका छन् । दुई पदको लागि चार जनाको उम्मेद्वरी थियो । दुई जना बाहिरिएका छन् । एमाले रामेछापको अधिवेशनमा कूल आठ सय १४ मत खसेको छ । 

मतगणना भने सामुदायिक भवन मन्थलीमा जारी छ । शुक्रबारदेखि सुरु भएको आठौं जिल्ला अधिवेशनबाट अध्यक्षमा भने आइतबारनै सर्वसहमतिमै आनन्द श्रेष्ठ निर्वाचित् भैसकेका छन् । 

 

अहिले सदस्य पदको मतगणना भैरहेको छ ।  केही सदस्य भने निर्विरोध बिजयी भैसकेका छन् । यद्दयपी मतगणना जारी रहेकाले निर्वाचन समितिले घोषणा गर्न भने बाँकि छ ।  

मतपरिणाम हेर्नुहोस्


 

(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));