एमाले रामेछापका पदाधिकारीद्वरा पदभार ग्रहण

| पुस २७, २०७८ मंगलबार

तस्विर प्रकाश कार्कीबाट प्राप्त ।
A A A
A A A

२७ पुष, रामेछाप । नेपाल कम्युनिष्ट पार्टी (एमाले) रामेछापको आठौं जिल्ला अधिवेशनबाट निर्वाचित् पदाधिकारीले पदभार ग्रहण गरेका छन् । 

 

मंगलबार आज पार्टी कार्यालयमा केन्द्रीय सदस्य एवं जिल्ला ईन्चार्ज कैलाश ढुङ्गेल, निर्वतमना अध्यक्ष शान्तिप्रसाद पौडेल सहितको उपस्थितिमा नवनिर्वाचित् पदाधिकारीले पदभार ग्रहण गरेको उपसचिव प्रकाशकुमार कार्कीले रामेछाप टाइम्सलाई जानकारी दिए । 

 

उनका अनुसार नवनिर्वाचित अध्यक्ष आनन्द श्रेष्ठ, उपाध्यक्ष ईन्द्र बहादु तामाङ्, सचिव पुरुषोतम कडरिया, उप-सचिवद्वय प्रकाशकुमार कार्की र होतराज ढकाललगाएतले पदभार ग्रहण गरेका हुन् । 

 

अध्यक्ष बाहेक सबै पदमा मतदानबाट नयाँ पदाधिकारी टुङ्ग्याएको एमाले रामेछापले ९९ सदस्यीय जिल्ला कमिटी निर्वाचित् गरेको छ । 

तस्विरहरु हेर्नुहोस्

(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));