सुनारपानीमा ‘वडा स्तरीय’ भलिबल प्रतियोगिता हुने

| असोज १०, २०७९ सोमबार

फाइल फोटो
A A A
A A A

१० असोज, रामेछाप । मन्थली नगरपालिकाको सुनारपानीमा ‘वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता’ हुने भएको छ । 

 

बडा दशै,शुभदीपावली २०७९ को अवसरमा आउँदो १४ गते पञ्चमीदेखि १६ गते फूलपातीको दिनसम्म वडा स्तरीय भलिबल प्रतियोगिता गर्न लागेको वडाले एक सूचना जारी गर्दै जानकारी दिएको छ । 

 

 

गत भदौ २९ बसेको वडा कार्यसमितिको बैठकले वडाभित्र खेल प्रेमी युवालाई लक्षित गर्दै साबिकका वडाहरू बिच प्रतिस्पर्धा हुने गरी पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको जारी पत्रमा उल्लेख छ । 

 

खेल वडाको भैरवी माद्यामिक विद्यालयमा खेलाइने वडा अध्यक्ष नवीन कार्की (रवीन) ले जानकारी दिए । प्रतियोगितामा प्रथम हुने टिमले नगद ३५ हजार शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । 

 

त्यस्तै द्वितीय हुने टिमले नगद २५ हजार शिल्ड, मेडल र प्रमाणपत्र पाउने छन् । त्यस्तै तृतीय हुनेले नगद १५ हजार शिल्ड, मेडल र प्रमाणपत्र  पाउने छन् भने सान्त्वना हुनेले नगद १० हजार मेडल र प्रमाणपत्र पाउने छन् ।