अन्नपूर्ण हेलिकप्टरले रामेछापमा व्यावसायिक उडान थाल्यो

| असोज २७, २०७९ बिहिबार

A A A
A A A

२७ असोज, रामेछाप । निजी क्षेत्रको लगानीमा संचालित अन्नपूर्ण हेलिकप्टरले रामेछापबाट व्यावसायिक उडान थालेको छ । 

 

गत मंगलबार रामेछापको सदरमुकाम मन्थली स्थित मन्थली  विमानस्थलमा अवतरण गरेर व्यावसायिक उडानमा सुरु गरेको हो ।

 

कम्पनीका अध्यक्ष पूर्णबहादुर तामाङ (कान्छाराम) का अनुसार ५ सिट क्षमता भएको इक्वेरल हेलिकप्टरमार्फत व्यावसायिक उडान थालिएको हो ।

 

कम्पनीले २ वटा हेलिकप्टर संचालनमा ल्याउने छ । दोस्रो हेलिकप्टर ३ महिनापछि व्यावसायिक उडानमा थपिने कांग्रेस जिल्ला कार्यासमिति सभापति समेत रहेका तामाङ्ले बताए । 

 

जिल्लाका नागरिकलाई हेलिकप्टर उडानमा केही सहुलियतको व्यवस्था गर्ने बताएका तामाङ् निर्माण व्यवसायी समेत हुन् । उनले विभिन्न सामाजिक क्षेत्रमा काम गरी समाजसेवीको छवी बनाएका छन् । 

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार