भारी मतले पराजित भएपछि कान्छारामलाई बधाई दिँदै ढुङ्गेलले भने ‘जिल्लाको समृद्धिको लागि मेरो पहल कदमी कमी हुने छैन’

११ मंसिर, रामेछाप । नेपाली काँग्रेसका उम्मेद्वार पूर्णबहादुर तामाङ कान्छारामसँग भारी मतले पराजित भएपछि एमालेका कैलाश ढुङ्गेलले जिल्लाको समृद्धिको लागि कुनै कमी हुन नदिने बताएका छन् ।
उनले सामाजिक सञ्जालबाट प्रतिनिधिसभामा भारी मतले विजयी कान्छारामलाई बधाई दिँदै ‘मेरो पहल कदमिमा कुनै कमी रहने छैन, जनताले दिएको आदेश र मूल्याङ्कन मेरा लागि सधैँ स्वीकार्य हुनेछ लेखेका छन् ।’
बागमती प्रदेशका पूर्व मन्त्री एवं एमालेका केन्द्रीय सदस्य समेत रहेका ढुङ्गेलले आफूले पाएको जनमतको कदर गर्ने बताएका हुन् ।
‘लोकतान्त्रिक अभ्यास र राजनीतिक व्यवहारमा उत्तेजना , आवेग र निराशको अर्थ हुन्न भन्ने कुरा हाम्रो पार्टीका नेता कार्यकर्ताहरूलाई राम्रोसँग जानकारी भएकोले स्वभाबिक रूपमा राजनीति संस्कार हामीले देखाउनै पर्दछ जिल्ला पार्टी इन्चार्ज समेत रहेका ढुङ्गेलले लेखेका छन् ।
कान्छारामसँग ढुङ्गेल १६ हजार ३ सय ६९ मतले पराजित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय रामेछापले घोषणा गरेको हो । कान्छारामले ४७ हजार ९८ मत पाउँदा ढुङ्गेलले ३० हजार ७ सय २९ मत पाएर पराजित भए ।
रामेछापमा गठबन्धनमा रहेका नेपाली काँग्रेस र माओवादी केन्द्रले एक प्रतिनिधिसभा र दुई प्रदेश सभा जितेपछि एमाले शून्य बनेको छ ।
ढुङ्गेलको फेस्बुक स्टाटस् हेर्नुहोस्
तस्विर स्रोतः सागारहरि अधिकारी ।