प्रदेश सभा ‘क’ तर्फ सुन्दर खड्काको नेतृत्वमा यस्तो बन्यो टिम !

| असोज १८, २०८३ आइतबार

A A A
A A A

१८ असोज, रामेछाप । नेपाली काँग्रेस रामेछापको १५ औँ महाधिवेशन अन्तर्गत प्रदेश सभा (ख) तर्फ राम कृष्ण ढुङ्गेल सभापतिमा निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी टासी लामालाई पराजित गर्दै निर्वाचित भएका हुन् । ढुङ्गेलले ४१५ मत प्राप्त गर्दा लामाले २९८ मत प्राप्त गरेका हुन् । प्रदेश सभा (ख) तर्फ तीन जानले सभापतिको लागि प्रतिस्पर्धा गरेका थिए । 

 

त्यस्तै सचिवमा सुवाश जंग थापा मगर ४३३ मत सहित निर्वाचित भएका छन् । अन्य पदमा भने युवा तर्फ देवराज योञ्जन ३६१ मतसहित निर्वाचित हुँदा अपाङ्गता  तर्फ रमेश थोकर २५३ मत प्राप्त गरी विजयी भए । श्रमिक तर्फ ३१४ मत प्राप्त गरी निर्मल घिसिङ र प्रजातान्त्रिक सेनानी, सहिद परिवार, द्वन्द्व पीडित परिवारको तर्फबाट कर्मसिं तामाङ २९५ मत पाएर विजयी भएका छन् ।

 

समानुपातिक आदिवासी जनजाति तर्फ व्यवसायी नवीन कुमार थापा मगर ३४६ र लीला तामाङ २२८ मत ल्याएर निर्वाचित भए । 

 

८ जना खुल्ला पदको लागि भएको २० जनाको प्रतिस्पर्धाबाट कमल योञ्जन ३९०, कोमल शंकर घिमिरे २७०, टिकाराज आरण ४०४, नवीन्द्र गोले ३००, वासुदेव फुयाँल ३३१, बुद्धिबहादुर पुलामी मगर (भरत) ३२३, भेष बहादुर थापा २८१ र सुजन घिसिङ तामाङ २५८ मत प्राप्त गरी निर्वाचित भएका छन् ।