जिल्ला निर्वाचन कार्यालय रामेछापले भन्यो ‘चुनाव सकिएको ३५ दिनमा खर्च विवरण बुझाउनू’

| मंसिर १२, २०७९ सोमबार

फाइल फोटो
A A A
A A A

१२ मंसिर, रामेछाप । जिल्लामा निर्वाचन कार्यालयले चुनावमा भाग लिएका उम्मेदवारलाई खर्च विवरण बुझाउन आग्रह गरेको छ । 

 

 

आज एक पत्र जारी गर्दै आयोगको शाखा कार्यालय रामेछापले प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन प्रयोजनको लागि पहिलो हुने निर्वाचन प्रणाली तर्फ मनोनयन पत्र पेस गरेका उम्मेदवारले विवरण बुझाउन भनेको हो । 

 

 

यसअगाडि पनि निर्वाचन आयोगले निर्वाचन सम्पन्न भएको एक महिना भित्र खर्च विवरण बुझाउनु पर्ने भनेको थियो । 

 

जारी पत्रमा भनिएको छ ‘प्रतिनिधि सभा सदस्य ऐन, २०७४ को दफा ७२ को उपदफा (४) अनुसार निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३५ दिन भित्र प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन निर्देशिका, २०७९ अनुसूची (४) बमोजिम बुझाउनु पर्ने कानुनी व्यवस्था भएकोले सोही अनुसार तयार गरी निर्वाचन आयोग नेपाल वा जिल्ला निर्वाचन कार्यालय, रामेछापमा बुझाउन सम्बन्धित सबैमा जानकारी गराउँदछौँ । 

 

 

आयोगले प्रतिनिधि सभा उम्मेदवारले ३३ लाख, प्रदेश सभा (क) का उम्मेदवारले २३ लाख र प्रदेश सभा (ख) उम्मेदवारले २१ लाख रुपैयाँ खर्च गर्न पाउने सीमा निर्धारण गरेको थियो । 

 

रामेछापमा प्रतिनिधि सभा तर्फ २२ जना उम्मेद्वार थिए । त्यस्तै प्रदेश सभा 'क' मा ११ जना र 'ख' मा १२ जना उम्मेद्वारले भाग लिएका थिए । 

 

यो फारम भरेर बुझाउनू पर्ने छ ।