दर्शकले जिल्ला समन्वय समिति रामेछापको मैदान भरी भरिभराउ: पूर्व मन्त्री ढकालले भने ‘आगामी दिनमा गेम गर्दा यसरी नदेखी-नदेखी हेर्नु पर्ने बाध्यता नहोस्’

| माघ ७, २०७९ शनिबार

A A A
A A A

७ माघ, रामेछाप । नेकपा एमालेका नेता एवं पूर्व स्वास्थ्य मन्त्री  भानुभक्त ढकालले रामेछापमा सुविधा सम्पन्न एउटा खेल मैदान आवश्यक रहेको बताएका छन् । 

 

 

उनले भने ‘खेल प्रेमी दर्शकहरू यसरी उभिएर खेल हेर्न आउनु भएको छ । आगामी दिनमा यसरी गेम गर्दा खेरी टाडाटाडाबाट नदेखिने गरी हेर्नु पर्ने बाध्यता हटोस् । यहाँका स्थानीय तहले ध्यान दिनु पर्ने देखे । राम्रो खेल मैदान बनाउनु आवश्यक रहेछ । त्यता ध्यान दिनु होला ।’ 

 

उनले यसको लागि आफूले पहल गर्ने उनले आश्वासन सहितको प्रतिबद्धता जनाए । 

 

नेकपा एमाले निकट बागमती प्रदेश कमिटीले रामेछापको मन्थलीमा आयोजना गरेको तीन दिने भलिबल खेल समापन कार्यक्रमलाई सम्बोधन गर्दै नेता ढकालले यस्तो बताएका हुन् ।

 

रामेछाप र चितवनबिचको खेल हेर्न शनिवार जिल्ला समन्वय समिति रामेछापको पछाडि भरिभराउ भएपछि ढकालले यस्तो औँल्याएका हुन् । 

 

उनले खेल र राजनीतिको भविष्य वाणी गर्ने विषय नरहेको उल्लेख गर्दै एमालेले राष्ट्रिय स्तरमा अन्य धेरै खेल खेलाउन लागेको जानकारी गराए ।

(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));