भुजीमा बोलेरो पल्टिँदा चालकको घटना स्थलमै ज्यान गयो

| माघ ७, २०७९ शनिबार

तस्बिर सामाजिक संजाल ।
A A A
A A A

७ माघ, रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिका वडा नं ७ भुजीमा बोलेरो दुर्घटना हुँदा चालकको घटना स्थलमा नै मृत्यु भएको छ ।

 

सवारी दुर्घटनामा ज्यान गुमाउनेमा बोलेरो चालक ओखलढुङ्गा ज्यामिरे घर भएका नारायण बहादुर मगर रहेका छन् । 

 

बा ११ ज ५९३५ नम्बरको सिङल क्याप बोलेरो भूजीबाट काठमाडौँ तर्फ आउँदै गर्दा भुजीमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

 

 

दुर्घटना के कारणले भएको खुलेको छैन ।