अहिले सम्म म, आफै सन्तुष्ट हुने गरी काम गर्न सकेकी छैन, आउँदो वर्षदेखि गर्छु– उपाध्यक्ष सुनुवार

| जेठ ५, २०८० शुक्रबार

फाइल फोटो ।
A A A
A A A

५ जेठ, रामेछाप । उमाकुण्ड गाउँपालिकाकी उपाध्यक्ष सावित्री सुनुवारले बितेको एक वर्षमा गरेको कामले आफू सन्तुष्ट नरहेको बताएकी छन् । आगामी दिनमा अहिले भएका गल्ती, कमजोरी सुधारेर जनअपेक्षा पूरा गर्न लाग्ने उनको भनाई छ । 

 

आफूहरू निर्वाचित भएको एक वर्ष पूरा भएको अवसरमा रामेछाप टाइम्ससंग संक्षिप्त कुराकारी गर्दै उपाध्यक्ष सुनुवारले भनिन् ‘एक वर्षको अन्तरालमा खासै, ठुलो उपलब्धि, नमुना उपलब्धि हाँसिले गरेको महसुस गरेकी छैन । काम गर्दा गर्दै पनि निर्वाचित भएपछि केही समय अलमलमा परे । आर्थिक वर्षमा बजेटको निरन्तर योजना, सम्पन्न, कृषि,अनुगमन जस्ता कामलाई अगाडि बढाए । तर, त्यसको प्रतिफल देखिएन ।’

 

उनले अथाह प्रयास गर्दा पनि सन्तुष्ट हुने काम गर्न नसकेको स्वीकार गरेकी हुन् । उपाध्यक्षले खेल्नु पर्ने भूमिका निर्वाह गर्दै आएको बताउँदै यो आर्थिक वर्षदेखि नयाँ र जनसेवा गर्न बताइन् । ‘अको आर्थिक वर्षदेखि लक्ष्य र उद्देश्य पूरा गर्छु । अहिले सम्म गरे काम धेरै गरेको छैन भन्ने म सक्छु ।’