लिखु–२ः प्रभावित स्थानीयले दिए ‘दुगर्ड’ कम्पनीलाई २४ घण्टाभित्र नियन्त्रणमा लिएर माग पुरा गर्नु पर्ने अल्टिमेटम सहित प्रशासनमा उजुरी

| जेठ १८, २०८० बिहिबार

मोतिलाल दुगर्ड
A A A
A A A

१८ जेठ, रामेछाप । ग्लोबल हाइड्रो पावर एसोसियट्स प्रा.लिद्वार निर्माणाधीन रहेको लिखु २ जलविद्युत आयोजनाबाट पानी चुहिएर प्रभावित उमाकुण्ड गाउँपालिका वडा नं १ गुम्देलको पेकारनासका स्थानीयहरूले आयोजनालाई २४ घण्टे अल्टिमेट सहित उजुरी दिएका छन् । उनीहरूले बिहीबार सोही वडाका वडा अध्यक्ष ङातिण्डू शेर्पाको रोहबरमा जिल्ला प्रशासन कार्यालय रामेछापमा उजुरी दर्ता गरेका हुन् । 

 

‘उक्त कम्पनी सञ्चालकलाई २४ घण्टा भित्र यस कार्यालयमा उपस्थित गराई घटना बारे छलफल गरी  जोखिम पीडित स्थानीयहरूलाई क्षतिपूर्ति एवम् पुनर्वासको व्यवस्था मिलाउन माग गर्दछौँ’ स्थानीयहरूले जिल्ला प्रशासन रामेछापमा हालेको उजुरीमा उल्लेख छ । 

 

आज जिल्ला समन्वय समिति रामेछापले समस्या समाधानको लागि डाकेको सरोकारवालाको बैठकमा समेत आयोजनाको तर्फबाट अटेर गर्दै अनुपस्थित भएपछि स्थानीयहरूले आफूहरूले २४ घण्टा भित्र आफूहरूका माग समाधान नभए सशक्त आन्दोलनमा उत्रने बाध्य हुने समेत चेतावनी सहित उजुरी दिएका छन् । 

 

प्रमुख जिल्ला अधिकारी अनिता निरौलालाई बुझाइएको उजुरी पत्रमा ‘बाध्य भएर आन्दोलनमा उत्रिने छौँ । सोबाट हुने क्षतिको जिम्मेवार सम्बन्धित हाइड्रो हुनु पर्नेछ ।’ 

 

मन्थली स्थित (जिसस) मा भएको सरोकारवालाको बैठकमा स्थानीयहरूले आयोजनाका सम्राट् मुगा वा मोतीलाल दुगर्डलाई २४ घण्टा भित्र प्रशासनको नियन्त्रणमा लिएर आफूहरूको सुरक्षित आवासको व्यवस्था गरिनु पर्ने, छलफलमा आउनु पर्ने, ‘क’ वर्गमा परेका १३ घर धुरीलाई तत्काल सुरक्षित वासस्थानको व्यवस्थापन हुनु पर्ने लगायतका माग गरेका छन् । 

 

हिजो बुधवार प्रभावित क्षेत्रमा स्थलगत अनुगमन गरेका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) सहितले सो अनुगमनमा आयोजनाले चरम लापरबाहिर गरेको देखिएपछि छलफलमा बिहीबार मन्थली डाक्दा समेत आयोजना नआएपछि अब स्थानीयहरूको माग पूरा नहुँदा सम्म आयोजना चल्न नदिने सरोकारवालाले समेत एक मत देखिएका छन् । 

 

यो हेर्नुहोस् पत्र