मन्थली नगरपालिकाले विदेशबाट फर्किएकाहरूको विवरण संकलन गर्दै

| मंसिर १८, २०८० सोमबार

A A A
A A A

१८ मंसिर, रामेछाप । रामेछापको मन्थली नगरपालिकाले विदेशबाट फर्किएकाहरूको विवरण संकलन गर्ने भएको छ ।  वैदेशिक रोजगारीमा गएर फर्किएकाहरूलाई पुनः बिदेसिन नपरोस् भन्ने उद्देश्यले उनीहरूमा भएको सिप र क्षमताको पहिचान गरी स्वरोजगारीमा जोड्ने योजना सहित विवरण संकलन गर्न लागेको नगरपालिकाले जनाएको हो । 

 

रामेछाप टाइम्ससंग कुराकानी गर्दै नगरका रोजगार संयोजक रक्षित रेग्मीले विदेशबाट फर्किएकाहरूको विवरण संकलन गरेर उनीहरूलाई पुनः बिदेसिन नदिने योजनाले काम गर्न लागेको बताए ।  

 

यसको लागि वैदेशिक रोजगार बोर्डले आर्थिक सहयोग गरेको र नगरमा सामी परियोजनाले काम गरिरहेकाले सोही अनुसार काम हुने गरी योजना अगाडि बढाइएको उनको भनाई छ । 

 

गत वर्ष १७ जना वैदेशिक रोजगारीबाट फर्किएकाहरूलाई पल्म्बिङको तालिम दिएको यो नगरपालिकाले चालु आर्थिक वर्षमा पनि स्वदेशमा नै उद्यमशीलता विकास गर्न सक्ने गरी सीप विकास तालिम प्रदान गर्ने लगायतका कार्यक्रम गर्न योजना रहेको उनको भनाई छ । 

 

अहिले १४ वटै वडालाई विवरण संकलनको लागि सर्कुलर गर्दै नगरपालिकाले विवरण आएपछि कस्ता कार्यक्रम गर्ने भन्ने निश्चित गर्ने छ । 

 

सूचना हेर्नुहोस् ।