रामेछापका सिडिओ थापाको सप्तरीमा सरुवा, बिनु बज्राचार्य आउँदै

| जेठ २२, २०८३ शुक्रबार

फाइल तस्बिर
A A A
A A A

२२ जेठ, रामेछाप । रामेछापका प्रमुख जिल्ला अधिकारी श्याम कृष्ण थापाको सरुवा भएको छ । गृह मन्त्रालयले उनको शुक्रवार सरुवा भएको जानकारी दिएको हो । 

 

गृह मन्त्रालयको गएको १३ र आज २२ गतेको निर्णयअनुसार (रा.प.प्रथम) श्रेणीका विभिन्न जिल्लामा कार्यरत १६ जना प्रमुख जिल्ला अधिकारीहरूको सरुवा गरिएको जानकारी दिएको हो । करिब डेढ वर्ष अगाडि रामेछाप आएका (सिडिओ) थापाको कार्यकालमा जिल्लामा शान्ति सुरक्षा सहजै बनेको स्थानीयहरूको बुझाई छ । उनको कार्य अवधिमा जेन्जी आन्दोलन सहित विभिन्न सकारात्मक परिवर्तनको पक्षमा भएका आन्दोलनलाई समेत सकारात्मक ढङ्गबाट नियन्त्रणमा राखेका (सिडिओ) थापाले २१ फागुन २०८१ को निर्वाचनलाई पनि सफल पारे । 

 

कर्मचारीहरूलाई नियन्त्रण गर्दै कार्यालयको कामलाई सरल बनाउन भौतिक व्यवस्थापनलाई समेत ध्यान दिएका उनले नागरिक तहबाटै प्रश्न उठ्ने गरी जिम्मेवारी निर्वाहमा चुकेनन् । विगतका (सिडिओ) ले नागरिकता वितरणमै कडाइ गर्दा सास्ती खेपेको अनुभूति गरेका सेवाग्राहीलाई समेत उनको पालामा सरल ढङ्गले नागरिकता वितरणको काम भएको धेरैको दाबी छ । नयाँ सरकार बनेदेखि नै (सिडिओ) थापाको रामेछाप बसाई छोटिने चर्चाकै बिच शुक्रवार उनको सप्तरी जिल्लामा प्रमुख जिल्ला अधिकारीकै भूमिकामा सुरुवा गरिएको हो । 

 

विगतमा पनि लीलादेवी पाण्डे, रुद्रदेवी शर्मा, अनिता निरौला महिला सिडिओले हाँकेको रामेछापमा यो पटक पनि महिला (सिडिओ) बिनु बज्राचार्य (कुँवर) आउने गृह मन्त्रालयले जानकारी दिएको हो । उनी यस अगाडि जिल्ला प्रशासन कार्यालय पाल्पामा कार्यरत रहेकी थिइन् ।