घाँस काट्न जाँदा लडेर रामेछाप साँघुटारका शिक्षक श्रेष्ठको निधन्

| मंसिर १९, २०८० मंगलबार

A A A
A A A

१९ मंसिर, रामेछाप । रामेछापको रामेछाप नगरपालिकामा घाँस काट्न जाँदा लडेर एक शिक्षकको ज्यान गएको छ । उनको उपचारको क्रममा काठमाडौँमा निधन भएको हो । 

 

नगरपालिकाको वडा नं–३ साँघुटार लक्ष्मी निवासी यक्षबहादुर श्रेष्ठको मंगलबार आज अपराह्न उपचारकै क्रममा काठमाडौंको एक अस्पतालमा निधन भएको स्थानीय राजन ढकालले रामेछाप टाइम्सलाई जानकारी दिए । उनले भने ‘आज सबेरै बाख्रालाई घाँस काट्न आफ्नो खरबारीमा गयका थिए । पाखाको रोड् माथि बारीबाट लडेर सडकमा घोप्टो परेको अवस्थामा भेटियौं । उद्दार गरी मन्थली लगेर त्यहाँबाट हेलिकप्टरमा काठमाडौं लगिएको हो ।’

 

उनका अनुसार आज बिहान घर नजिकै घाँस काट्न गएका शिक्षक श्रेष्ठ बारीबाट सडकमा लडेका थिए । लडेर गम्भीर घाइते भएका उनलाई उद्धार गरी मन्थलीबाट हेलिकप्टर मार्फत काठमाडौँ लगिएकोमा अस्पतालले मृत घोषणा गरेको हो । 

 

उनी जिल्लाकै लिखु तामाकोशी गाउँपालिका वडा नं–३ स्थित श्री वृखेश्वर आधारभूत विद्यालय खोल्मागाउँका शिक्षक हुन् ।