उमाकुण्ड गाउँपालिकाले भन्यो ‘बाढी र पहिरोको जोखिम रहेकाले यात्रामा ननिस्किनू, नदी–खोलाको छेउ नजानू’

| असार ३०, २०८३ मंगलबार

A A A
A A A

३० असार, रामेछाप । असार मसान्तमा भारी वर्ष हुन सक्ने जल तथा मौसम विभागको पूर्व अणुमानसँगै रामेछापको उमाकुण्ड गाउँपालिकाले नदी, खोला तथा पहिरो जान सक्ने जोखिम युक्त स्थानमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। उसले नदी र पहिरो जान सक्ने सम्भावित ठाउँका सर्वसाधारणलाई सचेत  रहन आग्रह गरेको हो । सो पालिकामा केही दिन यता निरन्तर असारे वर्षा भइरहेको छ । 

 

मंगलबार एक सूचना जारी गर्दै पालिकाका प्रमुख प्रशासकीय अधिकृत ङावा शेर्पाले लगातारको वर्षासँगै विभिन्न स्थानमा बाढी, पहिरो तथा अन्य विपद्का घटना भइसकेको उल्लेख गर्दै सम्भावित उच्च जोखिमलाई मध्यनजर गरी सुरक्षित स्थानमा बस्न, अनावश्यक यात्रा नगर्न तथा नदी–खोलाको आसपास नजान अनुरोध गरेका छन् । 

 

प्रशासकीय प्रमुख शेर्पाले यात्रा गर्नै परे मात्रै यात्रामा निस्किन अन्यथा सडक र बाटोको जानकारी लिएर मात्रै यात्रा गर्न सुझाएका छन् । गाउँपालिका भित्र प्रवेश गर्ने मुख्य तथा सहायक सडकहरू पनि वर्षाको कारण अवरुद्ध हुँदै आएकाले बाटोको जानकारी लिएर मात्रै हिँड्न भनेको प्रशासकीय प्रमुख शेर्पाले जारी गरेको सूचनामा उल्लेख छ । 

 

सोमबार बिहान मात्रै यो पालिकाको वडा नं १, लाच्छेवर स्थित लिखु नदीमा आकास्मत आएको बाढीले तीन वटा पक्की पुलसहित होटेल र हाइड्रोपावर कम्पनीमा क्षेति पुर्याएको छ ।