रामेछाप सुनापतिका राजु लामा उसुको मुख्य प्रशिक्षकमा नियुक्त

| मंसिर २०, २०८० बुधबार

A A A
A A A

२० मंसिर, रामेछाप । रामेछाप सुनापति निवासी राजु योञ्जन (फत्त बहादुर लामा) उसुको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् । उनले बुधवार आजै मुख्य प्रशिक्षकमा नियुक्त भएको पत्र बुझेका हुन् । 

 

बुधवार बसेको बैठकले सुनापति गाउँपालिका वडा नं ५ भीरकोट घर भएका लामालाई उसुको राष्ट्रिय मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो । मुख्य प्रशिक्षक नियुक्तपछि रामेछाप टाइम्ससंग संक्षिप्त कुरा गर्दै लामाले भने ‘यही १८ देखि लागू हुने गरि पत्र प्राप्त भएको हो ।’

 

उनी २०५२ सालदेखि अस्थायी नियुक्ति करार कोटामा रामेछापमा खेलकुद क्षेत्रमा प्रवेश गरेका थिए । २०६२ मा थाइ नियुक्ति भएका लामा २०६२ देखि २०६७ सम्म रामेछाप मन्थली हाटेचौरबाट खेलेका थिए । 

 

साथै उनी २०६७ मा भक्तपुर जिल्ला खेलकुद विकास समितिको प्रशिक्षक समेत बनी सकेका लामा दुई दशक लामो प्रयासपछि राष्ट्रिय प्रशिक्षक नियुक्त हुन सफल भएको भोलिएनटिएर कोच मनोज माझीले रामेछाप टाइम्सलाई जानकारी दिएका हुन् ।