रामेछापमा दुई महिना सम्म लागू हुने गरी प्रशासनले लगायो निषेधाज्ञा, ५ जना भन्दा बढी एकै ठाउँ भेला हुन नपाइने

| माघ १४, २०८० आइतबार

फाइल फोटो ।
A A A
A A A

१४ माघ, रामेछाप । जिल्ला प्रशासन कार्यालय रामेछापले निशेधज्ञा लागू गरेको छ । आज देखि दुई महिना सम्म लागू हुने गरी प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले निषेधाज्ञा लागू गरेकी हुन् । 

 

जिल्लाको मुख्य प्रशासनिक केन्द्र तथा मुख्य आगमन मार्गहरूमा भेला, अनसन, धर्ना, घेराउ र विरोध प्रदर्शन जस्ता कार्यक्रमहरू  गर्दा विभिन्न समूहबिच आपसी विवाद, झैझगडा, मुठभेड एवं भिडन्त भई शान्ति सुरक्षा भङ्ग हुन सक्ने र अशान्ति फैलिन सक्ने सम्भावना रहेकोले शान्ति सुरक्षा कायम गर्न निषेधाज्ञा लागू गरिएको प्रशासनले जनाएको हो । 

 

आइतबार बसेको ‘जिल्ला सुरक्षा समिति रामेछाप’को सिफारिस अनुसार स्थानीय प्रशासन ऐन (संशोधन सहित), २०२८ को दफा ६ को उपदफा (३.क) बमोजिम निशेधज्ञा लागू गरिएको सिडिओ निरौलाले हस्ताक्षर गरेको पत्रमा उल्लेख छ । 

 

पछिल्लो पटक बिनु यादवले प्रशासनकै गेटमा ६ दिन सम्म आमरण अन्सन सहित धर्ना दिएपछि मन्थली नगरपालिका वडा नं १ स्थित राष्ट्रिय वाणिज्य बैकदेखि जिल्ला प्रशासन कार्यालय हुँदै कृषि विकास बैंक जाने सडक र त्यस सडकको ५० मिटर वरपरको क्षेत्रमा आज (आइतबार) देखि २ (दुई) महिना सम्म निशेधज्ञा लागू हुने छ । 

 

यो अवधिभर सो क्षेत्रमा अनसन, धर्ना र ५ (पाँच) जना भन्दा बढी व्यक्तिहरू भेला भई घेराउ, विरोध प्रदर्शन जस्ता आन्दोलन वा विरोधका कार्यक्रमहरू गर्न  पाइने छैन । 

 

रामेछाप टाइम्स
| बैशाख १६, २०८१ आइतबार
(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));