स्वर्गीय राजनारायणको जन्म थलोमा काँग्रेस रामेछापले ४५ औँ पुण्य तिथिको दिन गर्‍यो श्रद्धाञ्जली

| माघ २५, २०८० बिहिबार

A A A
A A A

२५ माघ, रामेछाप । अल्पायुमै हृदयाघातबाट ज्यान गुमाएका स्वर्गीय राजनारायण श्रेष्ठको ४५ औँ दिनको पुण्य तिथिको अवसरमा बिहीबार पकरवासमा शोक सभा कार्यक्रम गरिएको छ । नेपाली काँग्रेस जिल्ला कार्य समिति रामेछापले स्वर्गीय श्रेष्ठको जन्म थलो पकरवासमा श्रद्धाञ्जली सभा गरेको हो ।

 

जिल्ला कार्यसमितिले आयोजना गरेको शोक सभामा पार्टी सभापति एवं सांसद पूर्णबहादुर तामाङ, सहित पूर्व पार्टी सभापति रामचन्द्र खड्का, उपसभापतिद्वय लेखबहादुर कार्की, नवराज थोकर, सचिव विनोद कार्की, प्रदेश कार्यसमिति सदस्य अर्जुन केसी लगायतले पार्टी र समाजसेवामा स्वर्गीय राजनारायणले अमूल्य योगदान गरेको चर्चा गरे ।

 

रामेछाप–काठमाडौँ सम्पर्क समितिका सभापति समेत रहेका श्रेष्ठको अल्पायुमै हृदय घातबाट ज्यान गुमाएर पार्टी र सिंगो जिल्लालाई अपूरणीय क्षति पुगेको भन्दै उनीहरूले श्रेष्ठ जस्तो निष्ठवान बफादार कार्यकर्ता बन्न सबैको प्रेरणा बनेको बताए । 

 

साथै कार्यक्रममा जिल्ला कार्यसमिति सहित पार्टी निकट सबै तहका नेताहरूको उपस्थिति रहेको थियो । 

 

त्यस्तै स्वर्गीय भएका श्रेष्ठले स्थापना गरेको तेज बहादुर, मायादेवी अक्षय कोष र प्रयागेश्वर माविले संयुक्त रूपमा एक छुट्टै कार्यक्रम समेत गरेका छन् । उनीहरूले संयुक्त रूपमा ‘समाज रूपान्तरणमा युवाको भूमि’का विषयक खाँडादेवी गाउँपालिकाका माध्यमिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेका हुन् । 

 

उक्त वक्तृत्वकला प्रतियोगितामा सोही विद्यालयकी छात्रा निरूता कार्की, मावि आँगेटारकी छात्रा जानभी केसी, पिङखुरीकी छात्रा सृष्टि घिसिङ र बुद्ध भवानी मावि माकादुमकी छात्रा चिना बुढाथोकी क्रमशः प्रथम, द्वितीय, तृतीय र सान्त्वना भए ।

 

उनीहरूलाई सोही पालिकाका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले नगद ६ हजार, ४ हजार, ३ हजार, १ हजार सहित प्रमाणपत्र प्रदान  गरे ।