रमेश बस्नेतले मन्थली नगरपालिकालाई सोधे–करोडौं लगानीमा बनेको ‘सेफ्हाउस्’ किन व्यक्तिको अधीनमा, राज्यको सम्पत्ति यसो गर्न मिल्छ’ ?

| माघ २८, २०८० आइतबार

A A A
A A A

२८ माघ, रामेछाप । मन्थली नगरपालिकाका निवर्तमान नगर प्रमुख एवं नेकपा (एमाले) रामेछापका नेता रमेश कुमार बस्नेतले नगरपालिकाले ‘सेफ्हाउस्’ को भवन चलाउन नसकेकोमा आपत्ति जनाएका छन् ।  प्रदेश सरकारको ठूलो लगानीमा सेफ्हाउस् बनेको तर लामो समयदेखि ताला लागेर बसेको उल्लेख गर्दै नगरपालिकाले किन चलाउन नसकेको भनेर नगर प्रमुख लव श्रेष्ठसँग जवाफ समेत मागेका हुन् । 

 

शनिवार मन्थली अस्पतालको तेस्रो वार्षिक उत्सवलाई सम्बोधन गर्दै तत्कालीन नगर प्रमुख बस्नेतले प्रदेश सरकारको ठुलो लगानीमा बनी सकेको ‘सेफ्हाउस्’ हाल सम्म नगरको स्वामित्वमा आउन र ल्याउन नसकेको प्रश्न गर्दै भने ‘के त्यो ‘सेफ्हाउस्’ कुनै व्यक्ति वा संस्थाको लागि बनाइदिएका हो ? । अहिले पनि एक जना बोल्न नसक्ने मान्छे देवकोटा चोकमा २/४ दिन देखि बसिरहेका छन्, त्यस्ता मान्छेको लागि बनेको सेफ्हाउस् किन प्रयोगमा आउन सकेन ? कडा आपत्ति जनाउँदै सोधे ‘राज्यको सम्पत्ति व्यक्तिको निजी स्वार्थको लागि राख्ने कानुन कहाँ छ ?

 

उनले अलपत्र मान्छेलाई सेफ्हाउस् हुँदा हुँदै उठाउन नसकेकोमा दुःख व्यक्त गर्दै ‘हामी मानवता बिहिन बन्दै गएको हो ? ती मान्छेको उद्दार गर्ने जिम्मेवारी हाम्रो कसको हो ?’  

 

आफ्नो पालामा स्वास्थ्य क्षेत्रमा गरेका विभिन्न कार्यको स्मरण गरेका नेकपा एकीकृत समाजवादी (एस) का तत्कालीन जिल्ला अध्यक्ष समेत रहेका बस्नेतले नगरवासीको सेवाको लागि अहिलेको नेतृत्वले डटेर लाग्न सुझाए । ‘तपाईँको साथमा हजारौँ मान्छेहरू छन्, न्यायको निम्ति आवाज उठाउनुहोस् ।’  

 

पूरा भिडिओ हेर्नुहोस्