पूर्व अध्यक्ष सुनुवारको गम्भीर आरोप–गोकुलगंगामा मतदाता पैसामा बिके, अहिलेका जनप्रतिनिधिले १ प्रतिशत पनि काम गरेनन्, म जिल्लाकै उत्कृष्ट

| फागुन ३, २०८० बिहिबार

A A A
A A A

०३ फागुन, रामेछाप । गोकुलगंगा गाउँपालिकाका निवर्तमान अध्यक्ष खड्ग सुनुवारले अहिलेका जनप्रतिनिधिले आशा जगाउने कुनै काम गर्न नसकेको आरोप लगाएका छन् । निर्वाचित भएर आएपछि पालिकाका जनप्रतिनिधिहरूले दुई वर्ष बित्न लाग्दा पनि आफूहरूले गरेको कामको तुलनामा १ प्रतिशत  पनि काम गर्न नसकेको आरोप लगाउँदै पैसामा मतदाता बिक्दा परिणाम भएको दाबी गरे । 

 

आफूले जिल्लामै उत्कृष्ट काम गरेको दाबी दोहोर्‍याएका सुनुवारले ‘हाम्रो तुलनामा त अहिले सम्म १ प्रतिशत काम भएको छैन, केही नयाँ आशा जनाउनै सकेनन् ।’

 

गरिब र किसानहरूको बारेमा अलि कति पनि नेतृत्वले नसोचेको आरोप लगाउँदै नेकपा एमाले नेता समेत रहेका सुनुवारले नेपालमा सम्भावना छैन भन्ने भाष्य सिर्जना गरेर युवाहरूलाई वैदेशिक रोजगारीमा पठाउने बाहेक कुनै काम गर्न नसकेको जिकिर गरे । 

 

खड्कसंगको कुराको सम्पादित अंश

 

 

आफूले ३० प्रकारका कृषि कामहरू पालिकामा अनुसन्धान सहित थालेको बताउँदै आफ्नै पालामा भएको कृषि लगानी स्वरूप ५० टन किवी फलाउन सफल भएको बताए । ‘म कृषि कर्ममै तल्लीन छु, त्यो गर्छु । जनप्रतिनिधिले कृषिलाई प्राथमिकता नदिए सम्म समृद्ध गोकुलगंगा सम्भव छैन ।’

 

निवर्तमान अध्यक्ष सुनुवारले अहिले पालिकाले कृषि अनुदान नदिँदा रोजगारीको लागि युवाहरू बिदेसिनू परेको आरोप लगाउँदै ‘मेरो पालामा त युवालाई विदेश जान पनि रोके, कृषि अनुदान सबैलाई दिए’ कृषि काम गर्छु भन्नेलाई स्थानीय सरकारले अनुदान दिनु पर्ने तर्क गरेका उनले आफ्नो पालामा भएको अनुदानको कामलाई समेत यो सरकारले रोकिदिँदा थालनी भएका काम अलपत्र परेको दाबी गरे ।

 

पार्टीकै ‘झोले’ नै भएर काम गर्छु

 

दुई पटक गाविस अध्यक्ष समेत बनी सकेका सुनुवारले आफ्नो पालामा विशेष गरी पालिकामा कृषि, पूर्वाधार, शिक्षा, खानेपानी र पर्यटन खेलकुद, धार्मिक लगायतका मा गरेको दाबी गरे । 

 

उनले पालिकामा धार्मिक महत्वलाई दर्साउन मन्दिर, गुम्बा, ६० वटा भन्दा बढी पुल बनाएको बताए । 

 

‘४५ वटा ‘बिल्डिङ’ बनायौँ, पुल, मन्दिर, बौद्ध, गुम्बा त कति बनायौँ । कोभिड नियन्त्रण हामीले जिल्लाकै पहिलो हुने गरी गर्‍यौ’ बागमती प्रदेशकै उत्कृष्ट पालिकामा पर्ने गरी काम गरेको दाबी गर्दै रामेछाप जिल्लामा पहिलो हुने गरी काम गरेको जिकिर गरे । 

 

सबै पूर्वाधार हुँदा पनि अहिलेका जनप्रतिनिधिले काम गर्न नसकेकोमा प्रश्न गर्दै आफ्नो पालामा भएका काम प्रमाणको रूपमा अहिले पनि रहेको जिकिर गरे ।  गोकुलगंगामा अहिले पालिकाले अंग्रेजी माद्याममा पठनपाठन गर्न सुरु गरेको त्यो पनि ‘फल्प’ हुने स्थितिमा पुगेको दाबी गरे । 

 

आफ्नो पालामा सुविधा सम्पन्न रूपमा सञ्चालनमा आएको गोकुगलंगा अस्पताल अहिले धरापमा परेको प्रमाण पहिले दुई जना डाक्टर राखेको तर अहिले एक जना मात्रै हुनु नै पुष्टि भएको जिकिर गरे । 

 

अब नेकपा एमालेको गाउँ तहको मात्रै नेता बन्ने बताउँदै जिल्ला प्रदेश कुनै ठाउँमा नरहेको सुनाए । पछिल्लो समय कृषि कर्ममा विभिन्न काम गर्न व्यस्त सुनुवारले भने ‘म अब एमालेको जिल्ला, प्रदेश कहीँ पनि छैन, बस्दिन । भ्याउँदिन । गाउँमै बस्छु । काम गर्छु ।’

 

एमाले छाडेको हो त भन्ने प्रश्नमा एमाले नछाडेको तर स्वतन्त्र भने नरहेको उल्लेख गर्दै पार्टीकै ‘झोले’ नै भएर काम गर्छु भने ।

 

अरू के - के भने सुनुवारले पूरा अडिओमा सुन्नुहोस्