उमाकुण्ड गाउँपालिकाको मध्यमार्गी सडक चैत पहिलो हप्ता सम्म पूर्ण रूपमा बन्द

१४ फागुन, रामेछाप । उमाकुण्ड गाउँपालिकाको सात वटै वडालाई जोड्ने मध्यमार्गी सडक मर्मत गर्नु पर्ने भएकाले बन्न हुने भएको छ । यो सडकले पालिकाको वडा नं १ गुम्देल देखि ७ नम्बर भुजी सम्म जोड् छ ।
आइतबार वडा नं ३ कुँबुँकाँस्थलीका वडा अध्यक्ष गुण कुमार थापाले वडा नं २ बाम्तीभण्डार स्थित डल्लेमाने बाटो मुनी हुँदै ३ नम्बरको एकाङ कुबुकास्थली जाने सडकमा स्यालप ढलान गर्नु पर्ने भएको हुँदा आइतबार देखि २२ दिन सडक बन्द हुने बताएका हुन् । यो सडक आगामी चैत पहिलो हप्ता सम्म बन्द हुने छ ।
उक्त समय सम्म वैकल्पिक सडक प्रयोग गर्न वडा अध्यक्ष थापाले आग्रह गरेका हुन् । तोकिएको अवधिभर दुई पांग्रे सवारी साधन बाहेक अन्य सवारी साधन पूर्ण रूपमा बन्द हुने भनिएको हो ।
यो हेर्नुहोस् सूचना ।