ट्रेड युनियन रामेछापलाई सभापति कान्छारामको निर्देशन–‘जिल्ला भरीका मजदुरहरुको वास्तविक अवस्था बुझ्नुहोस’

| बैशाख २०, २०८१ बिहिबार

A A A
A A A

२० वैशाख, रामेछाप । नेपाली कांग्रेस रामेछापका पार्टी सभापति एवं सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले जिल्लाका मजदुरहरुको वास्तविक अवस्था र परिस्थिति बुझ्नलाई ट्रेड् युनियन रामेछापलाई आग्रह गरेका छन् । 

 

बुधवार १३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा मन्थली देवकोटा चोकमा ट्रेड युनियन रामेछापले गरेको दीप प्रज्वलन कार्यक्रमलाई सम्बोधन गर्दै संघीय सांसद समेत रहेका सभापति तामाङले यस्तो आग्रह गरेका हुन् । 

 

‘जिल्ला भरीका मजदुरहरु के–के गरी रहेका छन् । उनीहरूमाथि कसैलो शोषण भइरहेको छ कि ? ज्याला पाएका छैनन् कि ? फल्ड भइरहेको छ कि ? सम्बन्धित निकायमा गएर उनीहरूको अवस्था ट्रेड् युनियन काँग्रेसले बुझ्नु पर्छ’, सभापति तामाङले भने ‘मजदुरहरुको विषयमा संरक्षण गर्ने काम तपाईँहरू गर्नुहोस् पार्टीले सहयोग गर्ने प्रतिबद्ध जनाउँछु ।’

 

मजदुरहरुको वास्तविक अवस्थाको पहिचान गरी उनीहरुलाई मजबुद् बनाउन ट्रेड् युनियनले भूमिका खेल्नु पर्नेमा सभापति तामाङले जोड् दिए । 

 

ट्रेड युनियन कांग्रेस रामेछापले देवकोटा चोकमा अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा विभिन्न व्यक्तिको उपस्थितिमा दीप प्रज्वलन गरेको हो । 

 

(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));