नगर सभापतिको स्वास्थ्यमा समस्या देखिएपछि काँग्रेस मन्थली–१ को वडा सम्मेलन स्थगित

| बैशाख २०, २०८१ बिहिबार

शंखर अधिकारी ।
A A A
A A A

२० वैशाख, रामेछाप । नगर सभापति शंखर अधिकारीको स्वास्थ्यमा समस्या आएपछि नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नं १ को ‘वडा सम्मेलन स्थगित’ भएको छ । 

 

आज बिहीबार (२० गतेदेखि २६ गते सम्म) संचालन हुने गरी पूर्व निर्धारित वडा सम्मेलन नगर सभापतिको स्वास्थ्यमा समस्या आएपछि स्थगित भएको सचिव रमेश काफ्ले एक पत्र जारी गर्दै जानकारी दिए । 

 

सचिव काफ्लेले हस्ताक्षर गरेको पत्रमा भनिएको छ ‘वैशाख २० गते देखि २६ गतेसम्मको लागि तय गरेका सम्पूर्ण कार्यक्रमहरू नगर सभापतिको स्वास्थ्य समस्याका कारण सभापतिको आज्ञा अनुसार अर्को सूचना जारी नभसम्मको लागि स्थगित भएको छ’

 

नेपाली काँग्रेस रामेछापका क्षेत्रीय कार्यसमिति, वडा कार्यसमितिहरूलाई पछिल्लो समय साङ्गठनिक अवस्था बलियो बनाउन, जनगुनासोलाई सम्बोधन गर्न, जनताको सुझाव संकलन गर्नको लागि गाउँ टोल सम्म पुगेर जनतासँग जोडिनको लागि कार्यक्रमहरू गरी रहेका छन् । 

(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));