नेकपा एमाले रामेछापको अध्यक्षमा कडरिया र सचिवमा कार्की निर्विरोध चयन

| बैशाख २८, २०८१ शुक्रबार

A A A
A A A

२८ वैशाख, रामेछाप । नेपाल कम्युनिष्ट पार्टी एमाले रामेछापको अध्यक्षमा पुरुषोत्तम कडरिया निर्विरोध चयन भएका छन् । बुधवार देखि तीनलाल पार्कमा सुरु भएको पार्टीको ९ औँ जिल्ला अधिवेशनबाट कडरिया निर्विरोध जिल्ला अध्यक्षमा चयन भएका हुन् । 

 

अध्यक्षमा कडरिया र प्रेमबहादुर तामाङको उम्मेदवारी परेकोमा तामाङले राति १२ बजे उम्मेदवारी फिर्ता लिने समयमा फिर्ता लिएपछि कडरिया निर्विरोध जिल्ला अध्यक्ष बनेका हुन् । एमाले जिल्ला अध्यक्षको लागि यहाँ चार जनाले दाबी गरेका थिए । तर, मिलेर जाँदा २ जनाको मात्रै उम्मेदवारी परेको एमाले रामेछाप जिल्ला निर्वाचन कमिटीका अध्यक्ष नवराज पथिकले रामेछाप टाइम्सलाई बताए । 

 

यस अगाडि सचिव रहेका कडरीया खाँडादेवी गाउँपालिकाका पूर्व अध्यक्ष एवं प्रदेश कमिटी सदस्य रहेका तामाङलाई पछि पार्दै अध्यक्ष भएका हुन् । 

 

त्यस्तै एमाले रामेछापको सचिव पनि निर्विरोध चयन भएका छन् । सचिवमा यस अगाडि उपसचिव रहेका प्रकाश कुमार कार्की निर्विरोध चयन भएको निर्वाचन कमिटीका अध्यक्ष पथिकले जानकारी दिए । 

 

सचिवमा कार्कीसँगै रामबाबु घिमिरेले उम्मेदवारी दिएकोमा घिमिरेले फिर्ता लिएसँगै कार्की निर्विरोध भएको पथिकले बताए । 

त्यस्तै हाल सम्म लेखा कमिटीका ५ जना, भूगोलबाट आउने र जिल्ला कमिटीका पनि केही समावेशी कोटाबाट निर्विरोध चयन भएका छन् । भूगोल तर्फबाट दोरम्बा शैलुङ् र सुनापति गाउँपालिकाको निर्विरोध चयन भएका हुन् । 

 

जिल्ला कमिटीको उपाध्यक्षमा ४ जनाको उम्मेदवारी परेको छ । त्यस्तै उप–सचिवमा महिला ४ सहित ९ जनाको उम्मेदवारी परेको छ । उपाध्यक्षमा होतराज ढकाल, ध्रुव कार्की, रमेश कुमार वाग्ले र ज्ञानबहादुर खड्काको उम्मेदवारी परेको हो । 

 

यो अधिवेशनले ९० जना जिल्ला कमिटीसहितको टिम निर्वाचित गर्ने र निर्विरोध बाहेकका पदमा आज बिहान ८ बजेबाट निर्वाचनको काम अगाडि बढ्ने अध्यक्ष पथिकले प्रस्ट पारे । 

 

यो अधिवेशनमा एमाले रामेछापका भूगोलबाट छनोट भएर आएका ७ सय बढीले सहभागिता जनाएका छन्। 

(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));