रामेछापको मन्थली, गोकुलगंगा र खाँडादेवीका प्रमुख एवं अध्यक्षहरू दक्षिण कोरिया भ्रमणमा

| जेठ १, २०८१ मंगलबार

A A A
A A A

०१ जेठ, रामेछाप । रामेछापका तीन स्थानीय तहका प्रमुखहरू वैदेशिक भ्रमणमा निस्किएका छन् । उनीहरू कृषि सम्बन्धि अध्ययन अवलोकन गर्न त्यस तर्फ जान लागेका हुन् । उनीहरूले भ्रमणमा रहँदा कृषिको बारेमा वृहत् अवलोकन र अध्ययन गर्ने कार्यक्रम रहेको बुझिएको छ ।

 

रामेछाप टाइम्सलाई प्राप्त जानकारी अनुसार जिल्ला सदरमुकाम समेत रहेको मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठसहित गोकुलगंगा गाउँपालिकाका प्रमुख एवं अध्यक्ष काजीबहादुर खड्का (दिनेश) र खाँडादेवी गाउँपालिका अध्यक्ष ज्ञान कुमार श्रेष्ठ दक्षिण कोरिया भ्रमणमा उड्ने भएका हुन् ।

 

मन्थली नगरपालिका रोजगार सहायक (मेयरका नजिकका) नवराज श्रेष्ठले रामेछाप टाइम्सलाई बताए अनुसार नगरबाट नगर प्रमुख श्रेष्ठ मंगलबार राति १२ बजे त्यसतर्फ उड्ने छन् । ‘यहाँबाट चीनमा अवतरण गर्ने र त्यहाँबाट सिधै गन्तव्य तर्फ उड्ने जानकारी छ ।’

 

त्यस्तै गोकुलगंगा गाउँपालिका अध्यक्ष दिनेशलाई उनका शुभचिन्तकहरूले दक्षिण कोरिया भ्रमण उपलब्धि मूलक बनोस् भन्दै शुभकामना दिइरहेका छन् । नेपाल तरुण दल जिल्ला कार्यसमिति रामेछापका अध्यक्ष समेत रहेका युवा नेता खड्का पालिका अध्यक्ष बजेपछि पहिलो पटक भ्रमणमा निस्किएपछि उनका शुभचिन्तकहरूले सफलताको कामना गरिरहेका छन् । 

 

‘भोलि देखि मलाई कार्यबहाकको जिम्मेवारी दिएर अध्यक्षज्यू भ्रमणमा निस्किनु भएको छ’ रामेछाप टाइम्ससंग कुराकानी गर्दै उपाध्यक्ष उषादेवी कार्कीले भनिन् । 

 

 

त्यस्तै खाँडादेवी गाउँपालिका अध्यक्ष श्रेष्ठले भने सामाजिक संजालमा लेख्दै जेठ २ गते गतेदेखि १२  गतेसम्म दक्षिण कोरिया भ्रमणमा रहने जानकारी गराएका छन् । 

 

 

‘अध्यक्षज्यू १२ गते कार्यालय आइपुग्ने गरी भ्रमणमा निस्किनु भएको हो’ पालिकाका सूचना अधिकारी ओम प्रकाश श्रेष्ठले रामेछाप टाइम्ससंग भने । उनीहरू सबै १–१ जना मात्रै रहेको बुझिएको छ । 

 

 

तीनै तहका जनप्रतिनिधिहरू २०७९ मा निर्वाचित भएर जनप्रतिनिधि भएपछि पहिलो पटक वैदेशिक भ्रमणमा निस्किएका हुन् ।  दिगो विकासको लागि भावी सहरहरुको सशक्तिकरण सम्बन्धित गोष्ठिमा समेत उनीहरुले भाग लिने छन् ।