रामेछापको च्यास्कुमा आफैले चलाएको बन्दुकको छर्राले लागेर तामाङ गम्भीर घाइते, काठमाडौं लागियाे

| जेठ १, २०८१ मंगलबार

सांकेतिक तस्बिर
A A A
A A A

१ जेठ, रामेछाप । रामेछापको च्यास्कुमा आफैले चलाएकाे बन्दुकको छर्राले लाग्दा एक जना पुरुष गम्भीर घाइते भएका छन् । उनको उद्दार गरी उपचारको लागि पठाइएको छ। 

 


घाइते हुनेमा रामेछाप नगरपालिका वडा नं ६ च्यास्कुका ५२ वर्षिय  रामबहादुर तामाङ रहेका छन् । उनले आफैले भरुवा बन्दुक चलाउदा बन्दुक पड्काएर छर्राले पेटमा लागेर घाइते भएको  जिल्ला प्रहरी कार्यालय रामेछापल जनाएको हाे । 

 


उनी गत मंगलबार ८ बजेतिर छर्रा लागेर घाइते भएपछि उद्दार गरी जिल्ला अस्पताल रामेछापमा सामान्य उपचारपछि थप उपचारको लागि पाटन अस्पताल पठाएको रामेछाप प्रहरीको भनाइ छ । 

 


छर्रा लागेर घाइते तामाङकाे अवस्था मध्य रहेको छ। प्रहरीले बन्दुक र त्यसमा प्रयाेग हुने बारुद जस्ताे पदार्थ समेत नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेकाे बताएको छ ।