मोटरसाइकल दुर्घटनामा परी रामेछाप भिरकोट घर भएका सशस्त्र प्रहरी हवलदारसहित दुईको ज्यान गयो

| असार ३, २०८१ आइतबार

मृतक संजय बल तामाङ ।
A A A
A A A

२ असार, रामेछाप । रामेछापको सुनापति गाउँपालिका घर भएका सशस्त्र प्रहरीमा कार्यरत ३२ वर्षीय एक पुरुषको मोटरसाइकल दुर्घटनामा परी ज्यान गएको छ । 

 

ज्यान गुमाउनेमा गाउँपालिकाको वडा नं ५ भिरकोट सिरानटोलका घर भई २०६६ सालदेखि सशस्त्र प्रहरी बलमा हवलदार पदमा कार्यरत संजय बल (तामाङ) रहेको उनका सांड्दाई (सालीको श्रीमान्) विशाल लामाले रामेछाप टाइम्सलाई बताए ।  

 

शनिवार बालाजु मुड्कु भन्ज्याङ भन्ने स्थानमा तामाङ सवार बा ९३ प १९३४ नम्बरको मोटरसाइकल दुर्घटनामा परी दोलखा घर भएका महेन्द्र तामाङसहित दुवै जनाको मृत्यु भएको हो । ्

 

मृतक बलको आइतबार अन्तिम दाहसंस्कार गरिएको विशाल लामाले जानकारी दिएका हुन् ।