मन्थली बचत तथा ऋण सहकारीको-२२० मोटरसाइकल बजारबाटै चोरी, चोरी गर्ने गिरोह नै सक्रिय भएको दाबी

| असार २४, २०८१ सोमबार

cctv फुटेजमा देखिएको भिडिओ र मोटरसाइकल सांकेतिक तस्बिर ।
A A A
A A A

२४ असार, रामेछाप । रामेछापको मन्थली बजारबाट एक गिरोह सक्रिय भएर मोटरसाइकल चोरी गर्न थालेको पाइएको छ । विगतमा पनि यहाँबाट मोटरसाइकल चोरी हुने गरेको थियो । तर, हाल सम्म पत्ता लाग्न सकेको छैन । 

 

मन्थली तामाकोशी अस्पताल छेउको एक होटेल अगाडिबाट गत बिहीबार मद्यराति मन्थली बचत तथा ऋण सहकारी संस्थाको नाममा रहेको २२० मोटरसाइकल चोरी भएपछि केही दिन यता गिरोह नै सक्रिय भएर मोटरसाइकल चोरी गर्न थालेको बुझिएको छ । 

 

सहकारीका व्यवस्थापक भेषबहादुर श्रेष्ठले चलाउँदै आएको मोटरसाइकल राति १२ ः ०० देखि १२ ः १० बजे भित्रको समयमा पहिचान नखुलेका तीन जना दुई मोटरसाइकलमा आएर हेन्डिललक गरे राखेको मोटरसाइकल चोरी गरेर लगेको सिसिटिभी फुटेजमा देखिएको श्रेष्ठले बताए । 

 

‘मैले १२ बजे लगेर राखेको मात्रै थिए । ५–७ मिनेट भित्रमा चोरी भएछ । हाल सम्म कसले चोरेको पत्ता लागेको छैन । केहीलाई आशङ्का गरिएको छ’ कर्माचार्य भन्छन् ‘आरवन–५ मोटरसाइकलमा आएको अज्ञात समूहले चोरी गरेको दिपज्योती हाडवर पसलको सिसिटिभी फुटेजमा देखिएको छ ।’

 

बिहीबार राति मोटरसाइकल चोरी भएपछि शुक्रवार बिहान सम्म खोजी गरिएको र पत्ता नलागेपछि ११ बजेको समयमा जिल्ला प्रहरी कार्यालयमा जानकारी गराइएको उनले बताए । ‘निवेदन दिएको छु । तर, पत्ता लागेको छैन । मलाई लाग्छ यहाँ चोरी गर्ने एक गिरोह सक्रिय भएको छ’ श्रेष्ठले भन्छन् ।