अविरल वर्षाले रामेछापको मझुवामा एक घर भत्कियाे

| असार २९, २०८१ शुक्रबार

तस्बिर स्रोत Routine of khandadevi news
A A A
A A A

२८ असार,रामेछाप । जिल्लाकाे खाँडादेबी गाउँपालिकामा केही दिनयताकाे अविरल वर्षाले एक घर भत्किएको छ । गएराति उक्त घर भत्किएको हाे ।

 

बिहीबार वडा नम्बर २ मझुवामा स्थानीय मनोज कुमार बुढाथोकीको घर भत्किएको बताइएको छ।

 

वर्षादकाे कारण २ तले घर भत्किँदा भुई तलामा बाँधिएको एउटा गाई च्यापिएको स्थानीय चेतबहादुर बुढाथोकीले जानकारी दिए । 

 

यसअघि पनि साेही पालिकाकाे वडा नं ८ मा भूकम्पले हल्लाएकाे बसाेबास नगर्ने एक घर भत्किएको थियाे ।